सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले लिए शपथ | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले लिए शपथ


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश सभाका सभामुख भीम भण्डारीले बझाङ १ बाट गत वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी भण्डारीलाई शपथ खुवाएका हुन् ।

चुनावी प्रचारकै क्रममा भण्डारीका बुवाको निधन भएको थियो । उपचुनावमा विजयी भएका उनी बुवाको काजकिरियामा बसेकाले शपथ रोकिएको थियो ।

०७९ मंसिरको प्रदेश सभाको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २०८० असार ५ गते सडक दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका भण्डारीले दिवंगत पृथ्वीबहादुरकै छोरा एवम् नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका हुन् ।

भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।

भण्डारी निर्वाचित भएसँगै प्रदेश सभामा एमालेका सांसद ११ पुगेका छन् । यसअघि प्रदेश सभामा एमालेका १० सांसद थिए ।

भण्डारीको शपथसँगै अब मुख्यमन्त्री दीर्घ सोडारीका लागि विश्वासको मतको ढोका पनि खुलेको छ । यसअघि एमालेले दुई पटकसम्म सोडारीलाई विश्वासको मतमा रोकिसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १ : ३३ बजे

ओलीविरुद्धको आक्रमण मुलुक कमजोर बनाउने मिसन हो : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई

फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान

काठमाडौं – दलित महिला सङ्घ (फेडो) ले दलित समुदायबाट पत्रकारिता

कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध

गण्डकी – कहिले कविता त कहिले गीतमार्फत, कहिले नदीका शिलालाई

चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा

काठमाडौं– घरमै घुसेर लुटेराले चक्कु प्रहार गरेपछि घाइते बलिउड नायक