प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीको वाचा : अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्छु « Khabarhub

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीको वाचा : अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्छु


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीले बुझेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर आयोगका अध्यक्ष कार्कीसहितले उक्त प्रतिवेदन सोमबार प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।

उक्त प्रतिवेदन बुझेपछि प्रधानमन्त्री कार्कीले अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्ने वचन दिएको आयोगका सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले बताए ।

‘प्रधानमन्त्रीले प्रतिवेदन बुझेपछि म अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्छु भन्ने बचन दिनु भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीसँग कुरा हुँदा उहाँले हामीलाई धन्यवाद दिनु भयो । हामीले के गर्ने अब सरकारले गर्छ भन्नु भएको छ।’

उनले उक्त आन्दोलनमा जसले गल्ती गरेको छ, उसलाई कारबाहीको सिफारिस भएको बताए । ‘जसले गल्ती गरेको छ, उसलाई अभियोग लगाइएको छ। आन्दोलनका क्रममा केही सुरक्षा लापरबाही भएको छ। संसद् भवन परिसरमा आन्दोलनकारी अघि बढ्दा ब्यारिकेडबाटै कमी कमजोरी देखिएको छ’, उनले भने ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १२ : ३७ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल