गोरखा बजारमा खानेपानीको अभाव « Khabarhub

गोरखा बजारमा खानेपानीको अभाव


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै  खानेपानीका लागि एउटा जार र बोतल लिएर धारामा पुग्छन् । बिहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेकाले उनी सकभर राती नै खानेपानी ल्याउनका लागि धारा पुग्ने गरेका हुन् ।

‘रातको समयमा पुगे पनि कहिले त डेढ दुई घण्टा नै पालो नपर्खेसम्म पानी भर्न पाइँदैन, ढकालले भने, ‘कहिले त फर्कँदा उज्यालो नै हुन्छ ।’ सुख्यायाम लागेसँगै खानेपानीको मुहान सुक्दै जाने र बजार क्षेत्रमा वितरण गरिएका लाइनको पानी समेत नियमित नआउँदा केही महिनादेखि गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव हुन थालेको हो ।

‘घरमा धारा छ, तर पानी कहिले आउँछ भन्ने कुनै टुङ्गो हुँदैन, गोरखा नगरपालिका–६ की स्थानीय गोमा श्रेष्ठले भनिन्,‘पानी आइहाल्यो भने पनि पिउन डराउनुपर्ने भएपछि बरु नजिकैको सार्वजनिक धारामा पुगेर खानेपानी ल्याउने गरेको छु, त्यहाँ पानीको पालो कुर्दाकुर्दै हैरान हुनुपर्छ ।’

सार्वजनिक धारामा समेत यति वेला मूल सुकेर पानी सानो भएकाले एक गाग्री पानीका लागि धेरै समय कुर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । गोरखा बजार क्षेत्रमा खानेपानीको समस्याले दुःख नपाउने सायदै कमै होलान् । खानेपानीको चरम अभाव भएपछि गएको बिहीबार रानीवन क्षेत्रका स्थानीय त रित्तो गाग्री लिएर पानी माग्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पनि पुगे ।

बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले धारामा पानी नदिएको भन्दै विरोध स्वरूप प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहालको ध्यानाकर्षण गराएका छन् । दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको चरम लापरबाहीका कारण उपभोक्ताले खानेपानीमा दुःख भोग्नु परेको उनीहरूको भनाई छ ।

दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपछि बजार क्षेत्रमा खानेपानीको समस्या अन्त्य हुन्छ भनेर दाबी नगरिएको पनि होइन । करिब ४४ करोड भन्दा बढीको लागतमा आयोजना बने पनि सदरमुकामवासीलाई पानीको अभाव अहिले पनि उस्तै छ । बजार क्षेत्र वरपर नै खोलाखोले, चाइनिज धारा, बोसेपानी धारा, रङ्गशाला लगायतका स्थानमा झण्डै आधा दर्जन भन्दा बढी मूलको पानी आउने सार्वजनिक धारा पनि छन् ।

ती सबै धारामा बिहानदेखि राती अबेर सम्म पानी भर्नेको घुइँचो हुने गरेको छ । दिनमा मात्र होइन, रातको समयमा पनि सदरमुकामवासी खानेपानीका लागि घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यताले हैरान छन् । सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएका आयोजनाले नियमित पानी उपलब्ध नगराउने र सार्वजनिक स्थानमा रहेका धारामा समेत पानीको मुहान सुक्न थालेपछि उपभोक्ता समस्यामा पर्न थालेको अर्का स्थानीय रामकृष्ण खत्रीले बताउँछन् ।

‘घरमा पानीको धारा आउन पनि मुस्किल छ, उनले भने, ‘सानो धारा, धेरै जना पानी भर्नका लागि पुग्ने गरेकाले समय लाग्ने गरेको हो ।’ परम्परागत सार्वजनिक धाराका पानी समेत व्यवस्थित गर्न नसक्दा समस्या भएको स्थानीयबासी बताउँछन् ।

सदरमुकाममा दरौँदी लिफ्टिङ, पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना, थाकल डाँडा, पोखरीथोकलगायत गरी विभिन्न छ वटाभन्दा बढी आयोजनाले बजार क्षेत्रमा उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । धारामा नियमित पानी नआउँदा उपभोक्ताले समस्या भोग्नु परेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : २६ बजे

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट