कोशीमा नवनियुक्त मुख्यमन्त्रीको शपथ आजै, दुई मन्त्री नियुक्त गरिँदै « Khabarhub

कोशीमा नवनियुक्त मुख्यमन्त्रीको शपथ आजै, दुई मन्त्री नियुक्त गरिँदै


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका ननियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ बिहीबार साँझ ५ बजे विराटनगरमा हुने भएको छ ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता कार्की बिहीबार नेकपा एमाले र माओवादीका ५२ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

कार्कीले शपथ लिएलगत्तै सानो आकारमा मन्त्रिपरिषद् गठन गरिने भएको छ । बिहीबार नै एमालेबाट राम राना र माओवादीबाट दुर्गाप्रसाद चापागाईँ मन्त्री नियुक्त हुने सम्भावना रहेको कार्कीनिकट एक नेताले बताए ।

रानालाई अर्थ मन्त्रालय दिने तयारी कार्कीले गरेका छन् । माओवादीका चापागाईंलाई भौतिक प्रर्वाधार मन्त्रालय दिने सहमति बनेको छ ।

चापागाईंसँगै माओवादीबाट गणेश उप्रेती पनि मन्त्रीमका दोहोरिने पक्षमा छन् । तर बिहीबार चापागाईं मन्त्री बन्ने सम्भावना बलियो  छ ।

यसअघि कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए ।

त्यहीअनुसार खापुङले कार्कीको पक्षमा ५२ सांसदको सनाखत भइसकेकाले मुख्यमन्त्रीमा नियुक्त गरिएको बताए ।

उनले प्रदेश सभामा रहेका ९३ सांसदमध्ये ५२ अर्थात् बहुमत सदस्यको सनाखत भइसकेकाले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिए ।

यसैबीच मुख्यमन्त्रीका लागि कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ । कोशीमा जसपाका एक सांसद निर्मला लिम्बू छिन् । जसपाले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३ पुगेको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : ५१ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार