कोशीमा नयाँ सरकार गठनलाई चुनौती दिँदै सर्वोच्च पुगे निवर्तमान मुख्यमन्त्री कार्की « Khabarhub

कोशीमा नयाँ सरकार गठनलाई चुनौती दिँदै सर्वोच्च पुगे निवर्तमान मुख्यमन्त्री कार्की


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च पुगेका छन् ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनले सर्वोच्चमा रिट हालेका हुन् ।

कार्कीले नयाँ सरकार गठनको आह्वान बदर गरेर मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गरेका छन् ।

मुख्यमन्त्री कार्कीका विरुद्ध एमाले–माओवादीका प्रदेश सभा सदस्यहरूले प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गराएका थिए ।

संकल्प प्रस्ताव पारित भएपछि मुख्यमन्त्री कार्कीले विश्वसको मत लिएनन् ।

मुख्यमन्त्री कार्कीका अनुसार संविधानको धारा १६८ (५) बमोजिम बनेको सरकारलाई विश्वासको मत पाएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन ।

उनी यसअघि उपधारा ५ बमोजिम मुख्यमन्त्रीका नियुक्त भएका हुन् । उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदा दलको समर्थन नभएर व्यक्तिको समर्थन हुने, व्यक्तिको समर्थन फिर्ता लिन नमिल्ने मुख्यमन्त्री कार्कीले जिकिर गरेका छन् ।

नयाँ सरकार गठनका लागि बाटो खोल्ने प्रदेश प्रमुखको निर्णयलाई कार्कीले सर्वोच्चबाट चुनौती दिएका हुन् ।

कार्की २०८० कात्तिकमा एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर फागुन २१ गते एमाले र माओवादी मिलेपछि कार्कीको सत्ता बहिर्गमन निश्चित जस्तै थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : ५९ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण