पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रश्न : ‘युवा विदेशिने प्रवृत्ति पाँच वर्षपछि के हुन्छ ?’ « Khabarhub

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रश्न : ‘युवा विदेशिने प्रवृत्ति पाँच वर्षपछि के हुन्छ ?’


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले युवा र विद्यार्थीहरू अध्ययन तथा रोजगारीका लागि बाहिरिने क्रम चिन्ताजनक रहेको भन्दै अबको पाँच वर्षपछि अवस्था के हुन्छ भनी प्रश्न गरेका छन् ।

खबरहबडटकम र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) द्वारा बिहीबार आयोजित ‘मौद्रिक नीति र वित्त नीति बीचको सामञ्जस्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले अर्थसचिव मधुकुमार मरासैनी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई यस्तो प्रश्न गरेका हुन् ।

पछिल्लो समयमा विदेशमा पढ्न र रोजगारीमा जानेको संख्या निकै बढिरहेको छ । यो वर्ष चैत मसान्तसम्म पाँच लाख ३९ हजारले वैदेशिक रोजगारीमा जाने अनुमति लिएका छन् । गत वर्ष ७ लाख ७१ हजार गएका थिए । त्यो भन्दा अघिल्लो वर्ष ६ लाखभन्दा बढी थियो ।

बाहिरिने विद्यार्थीको संख्या एकीन थाहा नभए पनि रकमबाट अनुमान लगाउन सकिने बताउँदै पाण्डेले गत वर्ष १ खर्ब ४२ अर्ब रुपैयाँ बाहिरिएको उल्लेख गरे ।

यो वर्ष अहिलेसम्म ८९ अर्ब रुपैयाँ पुगिसकेको जनाउँदै पूर्वअर्थमन्त्री पाण्डेले यो वर्ष सवा खर्ब रुपैयाँभन्दा बढी नै रकम विदेश अध्ययनका नाममा बाहिरिने आकलन गरे ।

‘यो दुईवटा तस्वीर मैले किन उल्लेख गरेको हुँ भने एकातिर शिक्षाका लागि भन्दै पूँजी बाहिरिएको छ । अर्कातिर रेमिट्यान्स आएको छ । त्यस्तो रेमिट्यान्स अबको पाँच वर्षपछि बढ्छ कि घट्छ ?’ पाण्डेले प्रश्न गरे, ‘ अबको पाँच वर्षमा यो प्रवृत्ति बढ्छ कि घट्छ ? हाम्रो रेमिट्यान्स इकोनोमीमा यसको के प्रभाव पर्छ ? वैदेशिक रोजगारीमा जानेको संख्या बढ्ने प्रवृत्ति त देखिएको छ ।’

पहिले निजीकरणका कारण रोजगारी भएन र मानिस विदेश हिँडे भनिएकोमा हाल त्यो तर्क सान्दर्भिक नभएको पाण्डेले उल्लेख गरे । ‘केही समय द्वन्द्वले मानिस गएका हुन् भनेर पनि व्याख्या गर्‍यौं । १० वर्षे द्वन्द्वले गाउँका मानिसलाई विस्थापित गर्‍यो र विदेश हिँडे भन्यौं,’ उनले थपे, ‘तर यतिखेर नेपाली समाजमा उल्लेखित दुबै प्रवृत्ति छैनन् । न अहिले निजीकरणको मुद्दा छ, न त विस्थापनको नै !’

यतिखेर भूतपूर्व कारणले मानिसहरू देशबाट विस्थापन नभएको वर्तमान कारण जान्न आवश्यक रहेको उनले बताए । सन्निकट भविष्य अर्थात् अबको पाँच वर्षमा यसले पार्ने असरबारे जानकार हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ४ : ०८ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक