१० महिनामा २४ अर्बको मोबाइल र २१ अर्बको सुन आयात | Khabarhub Khabarhub

१० महिनामा २४ अर्बको मोबाइल र २१ अर्बको सुन आयात


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को १० महिनामा नेपालमा २४ अर्ब बढीको सुन र २१ अर्ब बढीको सुन आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकले १० महिनाको अवधिमा मोबाइल र सुन सो मात्रामा आयत भएको देखाएको हो ।

विभागद्वारा सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको वैशाख मसान्तसम्ममा २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको १५ लाख २८ हजार ६४४ थान मोबाइल आयात भएको छ । विभागका अनुसार सो अवधिमा आयात भएका मोबाइल फोनमा लगाइएको भन्सार करमार्फत सरकारले ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै सोही अवधिमा नेपालमा २१ अर्ब ६५ करोड १ लाख ३३ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ५१ केजी ८६४ ग्राम सुन आयात भएको छ । सरकारले सो सुन आयातको क्रममा भन्सार करबापत ३ अर्ब २४ करोड ७५ लाख ४८ हजार आम्दानी गरेको विभागको तथ्यांकले देखाएको छ ।

आयातमा सबैभन्दा अगाडि डिजेल

विभागको तथ्यांकअनुसार चालु आवको १० महिनामा नेपालमा आयात भएका वस्तुहरुमध्ये सबैभन्दा धेरै डिजेल आयात भएको देखिएको छ । सो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ९ हजार ११० किलोलिटर डिजेल आयात भएको हो । डिजेलको आयातबापत सरकारले ४४ अर्ब ८९ करोड ५ लाख २६ हजार रुपैयाँ भन्सार आम्दानी गरेको छ । 

त्यस्तै सो अवधिमा ५ लाख ६७ हजार ९३५ किलोलिटर पेट्रोल र ४३ करोड ३९ लाख ६३ हजार ९२ किलो एलपी ग्यास आयात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : ०८ बजे

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।