कोशीमा शपथ लिँदै मुख्यमन्त्री कार्की, एमाले र माओवादीबाट एक-एकजना मन्त्री « Khabarhub

कोशीमा शपथ लिँदै मुख्यमन्त्री कार्की, एमाले र माओवादीबाट एक-एकजना मन्त्री


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाउँदैछन् । उनको शपथपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एक-एक जना मन्त्री नियुक्त गरिँदैछ ।

एमालेबाट रामबहादुर मगर  र माओवादीबाट गणेश उप्रेती मन्त्री हुन लागेका हुन् ।

एमालेबाट मन्त्री बन्न लागेका मगर इलामबाट निर्वाचित सांसद हुन् । माओवादीका उप्रेती मोरङका सांसद हुन् । दुवैजना यसअघि पनि मन्त्री भइसकेका छन् । बिहीबार दुवैले विनाविभागीय मन्त्रीको शपथ लिन लागेका हुन् ।

मगर एमाले संसदीय दलका उपनेता हुन् । उनी यसअघि गत असोजमा मुख्यमन्त्री बनेका कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर, त्यसबेला कांग्रेस र माओवादी सरकारमा फर्किएपछि एमाले बाहिरिएको थियो।

उता उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमै थिए । २६ चैतमा एमाले र माओवादीले कार्कीको समर्थन फिर्ता लिएपछि उप्रेती बाहिरिएका थिए।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : ०२ बजे

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी

स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा

महिला सशक्त भए राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद

अमरेशलाई गगनको बधाई: ‘सम्भव हुने काम निरन्तर गरिरहनेछु’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ मा विजयी

नुवाकोट-१ मा पूर्वअर्थमन्त्री महत भन्दा रास्वपाका तिमल्सिना १४ सय मतले अगाडि

काठमाडौँ – नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको