स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी « Khabarhub

स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ३३ बर्षिय झविलाल डुम्रे २२ हजार ३ सय ४० मतसहित बिजयी बनेका छन ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार उनले मत पाएका हुन । उनी रास्वपा केन्द्रीय संगठन विभाग सदस्यका रूपमा सक्रिय सदस्य हुन ।

२०४९ साल साउन ५ गते स्याङ्जाको वालिङ नगरपालिका–१४, छोरेखर्कमा जन्मिएका हुन् झविलाल । स्नातकोत्तरसम्म अध्ययन गरेका उनले पेशागत रूपमा पोखरालाई कर्मथलो बनाएर व्यवसायका साथै समाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।

यस्तै, उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भागवत प्रकाश मल्ले १९ हजार ५ सय १४ मत प्राप्त गरे ।

मल्ल २०७४ को निर्वाचनमा स्याङ्जा–२ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित बनेका थिए ।

यस्तै, अर्का प्रतिस्पर्धी नेकपा एमालेका खिम बहादुर थापाले १२ हजार सात सय ४९ मत पाए । उनी कालीगण्डकी गाउँपालिकाका अध्यक्षबाट प्रतिनिधि सभाको सांसद बन्न निर्वाचनमा होमिएका थिए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्याङ्जा–१ मा पनि रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन । ऊनी २९ हजार ७१ मत पाउँदै विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्।

नेकपा (एमाले)का मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत प्राप्त गरेका छन्।

स्याङ्जा–२ मा जम्मा मतदाता १ लाख १७ हजार ९ सय ३० जना रहेका छन । जसमा ६२ हजार ३ सय ९८ जना (५२.९१) प्रतिशत मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाको तथ्यांक छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १० : ३१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि