कोशीमा शपथ लिँदै मुख्यमन्त्री कार्की, एमाले र माओवादीबाट एक-एकजना मन्त्री « Khabarhub

कोशीमा शपथ लिँदै मुख्यमन्त्री कार्की, एमाले र माओवादीबाट एक-एकजना मन्त्री


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाउँदैछन् । उनको शपथपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एक-एक जना मन्त्री नियुक्त गरिँदैछ ।

एमालेबाट रामबहादुर मगर  र माओवादीबाट गणेश उप्रेती मन्त्री हुन लागेका हुन् ।

एमालेबाट मन्त्री बन्न लागेका मगर इलामबाट निर्वाचित सांसद हुन् । माओवादीका उप्रेती मोरङका सांसद हुन् । दुवैजना यसअघि पनि मन्त्री भइसकेका छन् । बिहीबार दुवैले विनाविभागीय मन्त्रीको शपथ लिन लागेका हुन् ।

मगर एमाले संसदीय दलका उपनेता हुन् । उनी यसअघि गत असोजमा मुख्यमन्त्री बनेका कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर, त्यसबेला कांग्रेस र माओवादी सरकारमा फर्किएपछि एमाले बाहिरिएको थियो।

उता उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमै थिए । २६ चैतमा एमाले र माओवादीले कार्कीको समर्थन फिर्ता लिएपछि उप्रेती बाहिरिएका थिए।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ६ : ०२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली