विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने « Khabarhub

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताएकी छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले विद्यालय शिक्षा र उच्चशिक्षाको  साझा गन्तव्य मुलुकका दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना रहेकाले त्यसअनुसार योजना बनाउन विश्वविद्यालयहरूका नेतृत्वलाई आग्रह गरिएको जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा भइरहेका विकृति र विसङ्गति रोक्न सरकारले पहल गरिरहेको पनि स्पष्ट गरिन् ।

सो विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालयमा राजनीतिक दलहरूले भातृ सङ्गठन सञ्चालन गर्दासम्म प्राज्ञिकलगायत समग्र सुधार गर्न कठिन हुने बताए । उपकुलपति डा बरालले आगामी वर्षदेखि विश्वविद्यालयको शैक्षिक पात्रो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उच्चशिक्षाका नाममा विदेश जाने युवा विद्यार्थीलाई रोक्ने योजना रहेको बताए ।

बैठकमा समितिमा सदस्यहरूले त्रिविमा समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन नभएको, अति राजनीतिकरण भएको, विभिन्न समयमा हुने परीक्षाका प्रश्न पत्र बाहिरिने समस्या देखिएको र अनियमितता हुने गरेका कारणले विश्वविद्यालय विद्यार्थीको आकर्षण घटेको बताएका थिए ।

सांसदहरूले बंगलादेशमा एमबिबिएस अध्ययन गर्न छात्रवृत्तिमा नाम निकालेका आठ विद्यार्थीको सट्टा राजनीतिक पहुँचका आधारमा अन्य विद्यार्थी पढ्न पठाएको भन्दै नाम निस्किएका विद्यार्थीलाई पठाउन माग गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : ५८ बजे

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को