परिणाम देखिने गरी काम गर्नुहोस् : मन्त्री चौधरी « Khabarhub

परिणाम देखिने गरी काम गर्नुहोस् : मन्त्री चौधरी


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन्  ।

आज मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनामा नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् । ‘अर्थपूर्ण रूपमा काम गर्न काम गर्नुपर्छ ‘, मन्त्री चौधरीले भनिन्, ‘जनगुनासो चासोअनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्‍यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।’

उनले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी प्रतिवेदन  तयार गर्न कर्मचारीलाई निर्देशन दिइन् । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने जनाउँदै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताइन् ।

सो अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्त्वपूर्ण भएको जनाउँदै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : ०७ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६