झापामा ६५ वर्षमाथिका पत्रकारलाई औषधि उपचार खर्च | Khabarhub Khabarhub

झापामा ६५ वर्षमाथिका पत्रकारलाई औषधि उपचार खर्च


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– झापामा ६५ वर्ष उमेर पार गरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधि उपचार खर्च प्रदान गर्न थालिएको छ । पत्रकार महासङ्घ झापा शाखाले यसै वर्षदेखि सामाजिक सुरक्षा योजना अन्तर्गत ज्येष्ठ पत्रकारलाई सो खर्च प्रदान गर्न थालेको हो ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले  ८० वर्षभन्दा माथि उमेर समूहकालाई वार्षिक २० हजार रुपैयाँ र ६५ वर्षदेखि ७९ वर्षसम्मकालाई वार्षिक १५ हजार रुपैयाँका दरले यो सुविधा प्रदान गरिएको बताए । शाखाको १४औँ अधिवेशनमा यस पटक १९ जनालाई सो सेवा प्रदान गरिएको छ ।

शाखाले सबै पत्रकारको दुर्घटना र औषधि उपचार खर्चकै लागि रु एक करोडभन्दा बढीको अक्षयकोष सञ्चालन गरेको छ । गम्भीर बिरामी र घाइते भएकालाई यो कोषबाट उपचार खर्च प्रदान गरिँदै आएको नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले बताए ।

अग्रज पत्रकारको सम्मान र आफ्ना सदस्यको संरक्षणमा शाखाले खेलेको अभिभावकीय भूमिकाको अग्रज पत्रकारहरूले प्रशंसा गरेका छन् । पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले महासंघ झापा शाखाले अग्रज पत्रकारको सम्मानमा सुरू गरेको उपचार खर्च दिने कार्य सराहनीय भएको बताए ।

नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहालले झापा शाखाले अरु शाखाले पनि अनुशरण गर्न मिल्ने काम गरेको भन्दै प्रशंसा गरे । अग्रज पत्रकार तथा साहित्यकार चुणमणि रेग्मीले दीर्घ सेवी सम्मान ग्रहण गर्दै पछिल्लो पुस्ताले सम्मानसहित आफूलाई सम्झेकोमा हर्षविभोर भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले अग्रजहरूको सम्मानले पछिल्लो पुस्ताको पनि सम्मान बढ्ने भन्दै सो कार्यको निरन्तरताका लागि आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाले प्रकाशन गरेको ‘झापाको पत्रकारिता आरम्भदेखि २०४०’ पुस्तकबारे पनि चर्चा गरिएको छ । महासंघको केन्द्रीय महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकार्पण गरेको पुस्तकमा ३० को दशकको अन्त्यसम्म क्रियाशील रहेका अग्रज पत्रकारको संस्करणात्कम जीवनी समेटिएको छ । पुस्तकमा २६ पत्रकारको अन्तर्बोध खण्ड, १३ जना पत्रकारको संस्मरण र आठ वटा अभिलेख खण्ड समेटिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : १४ बजे

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

सिमकोट– हुम्लाको  जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री देशद्रोहीको मतियार ठहरिन्छन् : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले

इरानी राष्ट्रपतिको मृत्यु, अब कसले सम्हाल्छ जिम्मेवारी ?

काठमाडौं–  इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि धेरैजसोमा

शेयर बजारमा उछाल : नेप्से २७.५४ अंकले बढ्दा साढे ५ अर्बको कारोबार 

काठमाडौं– सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र राष्ट्र बैंकले

दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु

सुर्खेत- दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७