मुख्यमन्त्री कार्कीको प्रतिक्रिया : हामी सबैको सम्मान गर्छौँ, पहिचानको विपक्षमा छैनौँ « Khabarhub

मुख्यमन्त्री कार्कीको प्रतिक्रिया : हामी सबैको सम्मान गर्छौँ, पहिचानको विपक्षमा छैनौँ


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि आफूले समस्याहरू पहिचान गरिसकेकाले अब जनताका माग सम्बोधन गर्ने गरी अघि बढ्ने बताएका छन्।

बिहीबार तेस्रो कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

‘नयाँ समीकरण अनुसार नयाँ सरकार बनेको छ । मलाई एउटा कुरा के सहज छ भने यसअघि दुई पटक छोटो समय चलाउने मौका पाउँदा प्रदेशका समस्याको पहिचान गरेको छु’, उनले भने, ‘सीमित अधिकार र साधन स्रोतबीचमा पनि प्रदेशलाई जनताले देख्ने प्रदेश बनाउने छौँ ।’

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीले अब यो सरकारले प्रदेशका समस्या र चुनौतीका उज्ज्वल सम्भावना आफूहरूका लक्ष हुने बताएका छन् ।

कार्कीले कोशी प्रदेशमा उठिरहेको पहिचानको मुद्दाको विपक्षमा आफूहरू नरहेको पनि बताएका छन् । ‘यहाँका समस्या र सम्भावना हामीले केलाएका छौँ’, उनले भने, ‘हामी कहिले पनि पहिचानको विपक्षमा छैनौँ। अब यो सरकारले सबैको पहिचानको सम्मान गर्दै अघि बढ्छ, हामी साझा पहिचानको लक्ष्यसहित जनताले महसुस गर्ने गरि काम गर्नेछौँ।’

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कार्कीले शपथपछि दुईजनालाई मन्त्री नियुक्त गरेका  । उनीहरुले पनि प्रदेश प्रमुखबाट शपथ लिएका छन् । नेकपा एमालेबाट इलामका रामबहादुर मगर र नेकपा माओवादी केन्द्रबाट मोरङका गणेश उप्रेतीले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिए ।

भिडिओ

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : ३१ बजे

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनको नाममा पार्टीलाई

बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ : असिम शाह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह

भारतको हिमाचलमा सडक दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की