मुख्यमन्त्री कार्कीको प्रतिक्रिया : हामी सबैको सम्मान गर्छौँ, पहिचानको विपक्षमा छैनौँ « Khabarhub

मुख्यमन्त्री कार्कीको प्रतिक्रिया : हामी सबैको सम्मान गर्छौँ, पहिचानको विपक्षमा छैनौँ


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि आफूले समस्याहरू पहिचान गरिसकेकाले अब जनताका माग सम्बोधन गर्ने गरी अघि बढ्ने बताएका छन्।

बिहीबार तेस्रो कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

‘नयाँ समीकरण अनुसार नयाँ सरकार बनेको छ । मलाई एउटा कुरा के सहज छ भने यसअघि दुई पटक छोटो समय चलाउने मौका पाउँदा प्रदेशका समस्याको पहिचान गरेको छु’, उनले भने, ‘सीमित अधिकार र साधन स्रोतबीचमा पनि प्रदेशलाई जनताले देख्ने प्रदेश बनाउने छौँ ।’

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीले अब यो सरकारले प्रदेशका समस्या र चुनौतीका उज्ज्वल सम्भावना आफूहरूका लक्ष हुने बताएका छन् ।

कार्कीले कोशी प्रदेशमा उठिरहेको पहिचानको मुद्दाको विपक्षमा आफूहरू नरहेको पनि बताएका छन् । ‘यहाँका समस्या र सम्भावना हामीले केलाएका छौँ’, उनले भने, ‘हामी कहिले पनि पहिचानको विपक्षमा छैनौँ। अब यो सरकारले सबैको पहिचानको सम्मान गर्दै अघि बढ्छ, हामी साझा पहिचानको लक्ष्यसहित जनताले महसुस गर्ने गरि काम गर्नेछौँ।’

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कार्कीले शपथपछि दुईजनालाई मन्त्री नियुक्त गरेका  । उनीहरुले पनि प्रदेश प्रमुखबाट शपथ लिएका छन् । नेकपा एमालेबाट इलामका रामबहादुर मगर र नेकपा माओवादी केन्द्रबाट मोरङका गणेश उप्रेतीले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिए ।

भिडिओ

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : ३१ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको