केदार कार्कीबारे कोशीका मुख्यमन्त्रीको प्रतिक्रिया : उहाँले कांग्रेसको प्रतिनिधित्व गर्नु हुन्न « Khabarhub

केदार कार्कीबारे कोशीका मुख्यमन्त्रीको प्रतिक्रिया : उहाँले कांग्रेसको प्रतिनिधित्व गर्नु हुन्न


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपाधारा ५ अनुसार नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार नै सर्वोच्च अदालतमा रिट हालेका छन् ।

गत असोज २७ गते एमालेका ३९ सांसदको साथ पाउँदा कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीलाई अहिले एमालेले नै विस्थापित गरेको छ ।

उपधारा ५ बाट एक पटक मात्रै सरकार बनाउन पाउने व्यवस्था गरेकाले हिक्मत कार्कीको नियुक्ति गैरकानुनी भन्दै अर्का कार्की बिहीबार सर्वोच्च पुगेका हुन्।

यस्तोमा बिहीबार साँझ मुख्यमन्त्रीको शथप लिएपछि एमाले दलका नेतासमेत रहेका हिक्मत कार्कीले केदार कार्कीले कांग्रेसको प्रतिनिधत्व नगर्ने बताए ।

‘उहाँले कांग्रेसको प्रतिनिधित्व गर्नु् हुन्न । उहाँलाई हामीले मुख्यमन्त्री बनायौँ, हामीले नै विस्थापन गर्‍यौँ’, मुख्यमन्त्रीले भने, ‘तर कांग्रेससँग हामी सम्मानसाथ सम्बन्ध राख्छौँ । हामीप्रति पनि उनीहरूको इगो छैन । केही व्यक्तिमा महत्वाकांक्षा पलाएको हुन्छ ।’

कार्कीले कांग्रेससँग हिजोभन्दा उच्चस्तरको सम्बन्ध बन्ने बताए । उनले बढीमा एक हप्ताभित्र सरकार विस्तार भइसक्ने पनि जानकारी दिएका छन् ।

उनले नेपालको संविधान र कानुन तथा अदालत मातहतमा एमाले रहेकाले पदका लागि संविधान र कानुन कुल्चिँदै नहिँड्ने पनि बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : ४० बजे

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनको नाममा पार्टीलाई

बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ : असिम शाह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह

भारतको हिमाचलमा सडक दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की