केदार कार्कीबारे कोशीका मुख्यमन्त्रीको प्रतिक्रिया : उहाँले कांग्रेसको प्रतिनिधित्व गर्नु हुन्न « Khabarhub

केदार कार्कीबारे कोशीका मुख्यमन्त्रीको प्रतिक्रिया : उहाँले कांग्रेसको प्रतिनिधित्व गर्नु हुन्न


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपाधारा ५ अनुसार नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार नै सर्वोच्च अदालतमा रिट हालेका छन् ।

गत असोज २७ गते एमालेका ३९ सांसदको साथ पाउँदा कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीलाई अहिले एमालेले नै विस्थापित गरेको छ ।

उपधारा ५ बाट एक पटक मात्रै सरकार बनाउन पाउने व्यवस्था गरेकाले हिक्मत कार्कीको नियुक्ति गैरकानुनी भन्दै अर्का कार्की बिहीबार सर्वोच्च पुगेका हुन्।

यस्तोमा बिहीबार साँझ मुख्यमन्त्रीको शथप लिएपछि एमाले दलका नेतासमेत रहेका हिक्मत कार्कीले केदार कार्कीले कांग्रेसको प्रतिनिधत्व नगर्ने बताए ।

‘उहाँले कांग्रेसको प्रतिनिधित्व गर्नु् हुन्न । उहाँलाई हामीले मुख्यमन्त्री बनायौँ, हामीले नै विस्थापन गर्‍यौँ’, मुख्यमन्त्रीले भने, ‘तर कांग्रेससँग हामी सम्मानसाथ सम्बन्ध राख्छौँ । हामीप्रति पनि उनीहरूको इगो छैन । केही व्यक्तिमा महत्वाकांक्षा पलाएको हुन्छ ।’

कार्कीले कांग्रेससँग हिजोभन्दा उच्चस्तरको सम्बन्ध बन्ने बताए । उनले बढीमा एक हप्ताभित्र सरकार विस्तार भइसक्ने पनि जानकारी दिएका छन् ।

उनले नेपालको संविधान र कानुन तथा अदालत मातहतमा एमाले रहेकाले पदका लागि संविधान र कानुन कुल्चिँदै नहिँड्ने पनि बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ७ : ४० बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको