अछामको बलखेतमा मलामी विश्राम घर | Khabarhub Khabarhub

अछामको बलखेतमा मलामी विश्राम घर


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अछाम – अछामको कमलबजार नगरपालिका–४ मा पर्ने बेलखेतमा मलामीका लागि विश्राम घर निर्माण गरिएको छ । अछाम जिल्लास्थित नेपाली सेनाको गोरख बक्स गणले अछाम र दैलेख जिल्लाको सिमानामा गर्ने बेलखेतमा मलामी विश्राम घर निर्माण गरेको हो ।

गणपति जनक सिलवालले नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत स्थानीयको आवश्यकताअनुसार विश्राम घर निर्माण गरिएको जानकारी दिए।

नेपाली सेना र नागरिकबीच सुमधुरसम्बन्ध स्थापना गर्ने उद्देश्यले रु सात लाख ५० हजारमा विश्राम घरसँगै पक्की कम्पाउण्ड, आधुनिक शौचालय र पिपल चौतारी निर्माण गरिएको र कमलबजार नगरपालिकाले निर्माण सामग्री सहयोग रहेको गरेको समेत उनले जानकारी दिए ।

विश्राम घरबाट कमलबजार नगरपालिकाका ६ वडा र पञ्चदेवल विनायक नगरपालिकाका चार वडाका नागरिक लाभान्वित हुने कमलबजार नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए। हाल मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा घरको दोस्रो तला थपेर किरियापुत्री भवनका रूपमा विकास ढकालको भनाइ छ ।

नगरपालिकालाई भवन हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले नेपाली सेनाले स्थानीय नागरिकसँग समन्वयगरी विश्राम घर निर्माण गरेकामा धन्यावन दिए । घर निर्माण भएपछि वर्षात र रातको समयमा मलामीलाई बस्न सजिलो हुने बताए।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : ४५ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः