अछामको बलखेतमा मलामी विश्राम घर « Khabarhub

अछामको बलखेतमा मलामी विश्राम घर


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अछाम – अछामको कमलबजार नगरपालिका–४ मा पर्ने बेलखेतमा मलामीका लागि विश्राम घर निर्माण गरिएको छ । अछाम जिल्लास्थित नेपाली सेनाको गोरख बक्स गणले अछाम र दैलेख जिल्लाको सिमानामा गर्ने बेलखेतमा मलामी विश्राम घर निर्माण गरेको हो ।

गणपति जनक सिलवालले नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत स्थानीयको आवश्यकताअनुसार विश्राम घर निर्माण गरिएको जानकारी दिए।

नेपाली सेना र नागरिकबीच सुमधुरसम्बन्ध स्थापना गर्ने उद्देश्यले रु सात लाख ५० हजारमा विश्राम घरसँगै पक्की कम्पाउण्ड, आधुनिक शौचालय र पिपल चौतारी निर्माण गरिएको र कमलबजार नगरपालिकाले निर्माण सामग्री सहयोग रहेको गरेको समेत उनले जानकारी दिए ।

विश्राम घरबाट कमलबजार नगरपालिकाका ६ वडा र पञ्चदेवल विनायक नगरपालिकाका चार वडाका नागरिक लाभान्वित हुने कमलबजार नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए। हाल मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा घरको दोस्रो तला थपेर किरियापुत्री भवनका रूपमा विकास ढकालको भनाइ छ ।

नगरपालिकालाई भवन हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले नेपाली सेनाले स्थानीय नागरिकसँग समन्वयगरी विश्राम घर निर्माण गरेकामा धन्यावन दिए । घर निर्माण भएपछि वर्षात र रातको समयमा मलामीलाई बस्न सजिलो हुने बताए।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : ४५ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक