विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण « Khabarhub

विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचामा बालबालिकाको शैक्षिक तथा शारीरिक विकास सम्बन्धी प्रशिक्षण सुरु भएको छ ।

सुन्दरहरैचा नगरपालिका– १२ को आयोजना तथा जनाचर्चा टाइम्सको प्राविधिक सहयोगमा दुई दिने प्रशिक्षण सुरु भएको हो। सुन्दरहरैचा १२ भित्र रहेका विभिन्न बिद्यालयका बिधार्थीहरुलाई वडाको सभाहलमा ट्राफिक नियम तथा शारीरिक विकास सम्बन्धि प्रशिक्षण दिईएको छ।

विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीलाई ट्राफिक व्यवस्थापन,ट्राफिक चिन्ह र ट्राफिक नियमका जानकारी होस भन्ने उद्देश्यले ट्राफिक सचेतना प्रदान गरिएको बिराटचोक ट्राफिक प्रहरी प्रमुख गणेश दाहालले बताए । ट्राफिक नियम ,ट्राफिक व्यवस्थापनमा विद्यार्थीको भुमिकाको बारेमा पनि प्रशिक्षण दिईएको छ ।

विद्यार्थीहरुलाई बिना लाईन्स र हेल्मेट बिना सवारी साधन नचलाउन पनि ट्राफिक प्रहरी प्रमुख दाहाललेआग्रह गरेका छन्। बिधार्थीहरुलाई सवारी साधनमा यात्रा गर्दा गाडी नम्बर,गाडी भाडादर टासेको छ वा छैन त्यो पनि हेर्न अनुरोध गरे।

ट्राफिक नियम अनुसार सुरक्षित साथ सडकमा हिँड्न तथा बाटो काट्न विद्यार्थीलाइ ट्राफिक नियमको जानकारी गराउदै ट्राफिक नियम पालना नगर्दा हुन सक्ने दुर्घटनाको बारेमा जानकारी दिएको छ । जथाभावी सडकमा हिँड्दा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्राफिक नियमको बारेमा जानकारी दिईएको छ।

यस्तै,सुन्दरहरैचा नगरपालिकाका स्वाथ्य साखा प्रमुख लिलामणि दाहालले बिधार्थीहरुलाई जंगफुड सम्बन्धित प्रशिक्षण दिएका छन् । विद्यार्थीहरुलाई जंगफुड नखान र खाएमा त्यसले आफ्नो स्वास्थमा पर्ने असरहरु बारे जानकारी गराएका छन्।

बच्चाहरुलाई मायाले जंगफुड खुवाउने परम्परा रहेको भन्दै स्वाथ्य साखा प्रमुख दाहालले त्यसले बच्चाको शरीरलाई हानी पु¥याउने बताउदै त्यस्तो नखान अनुरोध गरेका छन्। बच्चालाई सकेसम्म जंकफुड नखुवाई घरमै बनेको खानेकुरा र मौसम अनुसारको फलफुल खाने बानी बसाल्न पनि अनुरोध गरेका छन्।

कार्यक्रमा सुन्दरहरैचा १२ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता रोशन प्रसाद ढकालले जंगफुले बालविकास, बाल स्वास्थ्यमा गहिरो असर गर्ने भन्दै त्यस्ता खानहरु नखान अनुरोध गरेका छन्। आगामी बजेट निर्माण गर्दा यस्ता खालका कार्यक्रमहरुलाई थप बजेट छुट्याईने,कार्यक्रमलाई निरन्तरता दिईने वडा अध्यक्ष तथा नगरका प्रवक्ता ढकालले बताए।

कार्यक्रमको अध्यक्षता सुन्दरहरैचा अपडेटका संचालक शिव भट्टराई भोजपुरले गरेका थिए भने प्रमुख अथिति सुन्दरहरैचा १२ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता रोशन प्रसाद ढकाल रहेका थिए। कार्यक्रमा ५० जना भन्दाबढी विद्यार्थीहरुसंगै जनप्रतिनिधिहरू टोल विकास सस्था प्रमुख एवं विभिन्न प्रतिस्ठित व्यक्तिहरुको सहभागिता रहेको छ। दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रको सहजीकरण जनाचर्चा टाइम्स एलएन गच्छदारले गरेका छन्।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ९ : २५ बजे

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल