निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा | Khabarhub Khabarhub

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ ।

एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय काम भएको धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण भइरहेको छ ।

रु ३३ करोड ७० लाख ४७ हजारभन्दा बढी लागत अनुमान गरिएको बसपार्क आयोजनाको बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरीले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ असार ३० मा रू २३ करोड १५ लाख तीन हजार दुई सय ७७ मा ठेक्का सम्झौता गरेको थियो ।

हाल बसपार्कको टर्मिनल भवन निर्माण सम्पन्न भएको भने विद्युत् र पानीको लाइन विस्तारको काम ९८ प्रतिशत भएको छ । यस्तै, बसपार्कको बाह्य सडक, मार्वल, फल्स, सिलिङ लगाउने काम पनि अन्तिम चरण पुगेको निर्माण कम्पनीले जनाएको छ ।

बेसमेन्ट पार्किङ, तीनतले टर्मिनल भवनसहितको बसपार्कमा एकैपटक ३७ बस र २६ जीप अट्ने क्षमता छ । भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० अटो तथा केही कार र जीप, विद्युतीय जेनेरेटर तथा अन्य स्टोरसम्बन्धी समान राख्न सकिने ठेकेदार कम्पनीका इञ्जिनीयर सरोजकुमार यादवले बताए ।

यस्तै, भूइँतलामा करिब तीन सय यात्रु बस्नमिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्टसमेत रहने छन् । भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ सटर रहेका छन् ।

नगर उपप्रमुख बेघाले धरानमा व्यवस्थित बसपार्क नहुँदा सवारी चालक र यात्रुले निकै समस्या भोग्नुपरेको गुनासो आएपछि उपमहानगरले अत्याधुनिक बसपार्क भवन निर्माण गरेको बताए ।

“जनगुनासोअनुसार निर्माण गरिएको बसपार्कको अन्तिम काम बाँकी छ । अबको दुई महिनामा काम सम्पन्न भई हस्तान्तरण गरिने जानकारी पाएको छु”, बेघाले भन्नुभयो,“त्यसपछि धरानको बसपार्कसम्बन्धी समस्या समाधान हुनेछ । यात्रुको सहजता र नगरको आम्दानीका लागि बसपार्क निकै उपयोगी हुने हाम्रो विश्वास छ ।”

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ९ : ५७ बजे

वैदेशिक व्यापार घट्यो, अघिल्लो वर्षको तुलनामा साढे दुई प्रतिशतले घट्यो आयात

काठमाडौं– नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । अघिल्लो आर्थिक

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु

गृहमन्त्री लामिछानेलाई कारबाही गर्न सांसद गुरुङको माग 

काठमाडौं- कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई

खुट्टाको औँलामा बिछिया किन लगाइन्छ ?  

काठमाडौं– खुट्टाको दोस्रो वा चोरी औँलामा बिछिया जसलाई कसैले बिच्छु

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

सिमकोट– हुम्लाको  जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी