आज २०८१ साल जेठ २७ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल जेठ २७ गते आइतबारको राशिफल


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ २७ गते आइतबार तदनुसार सन् २०२४ जुन ९ तारिख। जेठ शुक्ल पक्षको तृतीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : प्रतिस्पर्धीसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। श्रमको मूल्यांकन हुनेछ। विदेशमा गरेको लगानीतर्फ आकर्षण बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। शिक्षामा लगानी बढाउनु राम्रो हुन्छ। साथीबाट सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मानको अवसर प्राप्त हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : तपाईंको प्रशंसा हुनेछ। निजी काम भन्दा समाजसेवामा समय जानेछ। परिवारसँगको रमाइलो भेटघाटमा दिन बित्नेछ। अवसरको सदुपयोग गरेमा फाइदा हुनेछ।

कर्कट : पुरानो रिस पोख्ने शत्रुहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। भएको सम्पत्ति जोगाउने समय छ। ठुलो योजना नबनाउनु उचित होला। व्यापारमा फाइदा हुनेछ। दिनभरको कामले साँझपख मन उत्साहित हुनेछ।

सिंह : साथीको साथ मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा होला। शिक्षामा सन्तोष मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। खानपानमा ख्याल नगरेमा स्वास्थ्य खराब बन्ने जोखिम छ।

कन्या : व्यापारमा सफलता प्राप्त हुनेछ। लगानी भए स्वदेशमा उन्नति हुनेछ। परीक्षा लेखेको भए नतिजा उत्कृष्ट आउने दिन छ। परिवारमा मेलमिलाप होला। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

तुला : प्राविधिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। नयाँ पुस्तासँगको संगतले नयाँ सीप सिक्ने बाटो खुल्नेछ। परिवारमा बौद्धिक टकराब हुने भएकाले बढी तर्क नगर्नु राम्रो हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। विदेशमा गरेको लगानीबाट ठुलो प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध शान्त हुनेछ।

धनु : समय राम्रो छ। श्रम गरेको ठाउँबाट राम्रो आम्दानी हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वदेशमा लगानी गरेमा सम्भावनाका धेरै ढोका खुल्नेछन्।

मकर : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारमा विश्वास गरेका पात्रबाट धोका हुने जोखिम रहेको छ। थोरै बोलेमा विजय प्राप्त गर्नुहुनेछ। लगानीको क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा भने विवाद हुने देखिन्छ।

कुम्भ : समय राम्रो छ। धेरैले तपाईंको प्रशंसा गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा बढ्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले परिवारमा मिलाप हुनसक्छ।

मीन : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नै परेमा दुई पाङ्ग्रे सवारी साधनमा यात्रा नगर्नुहोला। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ५ : १३ बजे

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने