विश्वकप : आज भारत र पाकिस्तानको भिडन्त « Khabarhub

विश्वकप : आज भारत र पाकिस्तानको भिडन्त


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-२० विश्वकपमा आइतबार  भारत र पाकिस्तानको प्रतिस्पर्धा हुँदैछ। विश्व क्रिकेटमा भारत र पाकिस्तानको भेटलाई प्रतिस्पर्धा भन्दा भिडन्तकै रुपमा हेरिन्छ। भारत-पाकिस्तान द्वन्द्वले यी दुई देशको खेलसमेत भिडन्त र विवादमासमेत पर्ने गरेको छ।

भारतले पाकिस्तानमा हुने भनिएका कतिपय खेल बष्किारसमेत गरेको छ। यसले विश्व क्रिकेटमा भारत र पाकिस्तानको प्रतिस्पर्धालाई रोचक ढंगले हेर्ने गरिन्छ।

विश्वकपको समूह चरणकै खेलमा भारत र पाकिस्तानले भेट पक्का गरेका हुन्। समूह ‘ए’मा रहेको भारतले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा भारतले आयरल्याण्डमाथि ८ विकेटको जित निकालेको हो। पाकिस्तान भने पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ।

पाकिस्तानका कप्तान बाबर आजम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा छन्। उनले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई उछिनेका हुन्।

यो विश्वकपको पहिलो खेलमा अमेरिकाविरुद्ध ४४ रन जोडेका बाबरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार ६७ रन बनाएका हुन्।

दोस्रो स्थानमा रहेका विराट कोहलीले चार हजार ३८ रन बनाएका छन्। यो सूचीको तेस्रो स्थानमा भारतकै कप्तान रोहित शर्मा रहेका छन्। उनले चार हजार २६ रन बनाएका छन्।

बलिङ र ब्याटिङ दुर्वतर्फ विश्वको नम्बर ‘वान’ खेलाडी भएका टिम भारत र पाकिस्तानको भिडन्तलाई विश्व क्रिकेटमा सबैले चासोका साथ हेर्ने गरेका छन्। पछिल्ला पाँच खेलमा भने पाकिस्तानमाथि भारत हाबी भएको देखिन्छ।

पछिल्ला १२ भेटमा भारत ८ खेलमा विजयी भएको छ भने पाकिस्तानले तीन खेलमा मात्र जित निकालेको छ । पछिल्ला टी–२० का पाँच खेलमा भारतले तीन जित निकाल्दा पाकिस्तान दुई खेलमा विजयी भएको छ ।

विश्वकपको समूह ‘ए’मा अमेरिका, भारत, क्यानडा, पाकिस्तान र आयरल्याण्ड छन् । अमेरिका दुई खेलमा विजयी हुँदै शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । दुई खेलमा एक जित निकाल्दै क्यानडा तेस्रो स्थानमा छ भने पाकिस्तान र आयरल्याण्ड अंकबिहीन अवस्थामा चौथो र पाँचौ स्थानमा छन् ।

भारत र पाकिस्तानको खेल आइतबार राति ८ः१५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ७ : ०६ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई