शिक्षामा सुधार : स्थानीय सरकारले यहाँबाट शुरु गर्ने कि ! | Khabarhub Khabarhub

शिक्षामा सुधार : स्थानीय सरकारले यहाँबाट शुरु गर्ने कि !



समाजलाई समयानुकूल सकारात्मक गति प्रदान गर्न राज्यले विभिन्न कार्यक्रम संचालन गरिरहेको हुन्छ । नेपाल सरकारले संघीय शासन प्रणालीअनुसार अधिकांश कार्यक्रमहरू कानून र कार्यविधि बनाएर स्थानीय सरकारलाई संचालन जिम्मा लगाएको अवस्था छ ।

यसै सन्दर्भमा संघीय सरकारले शैक्षिक गुणस्तर सुधार गर्न बालविकासको प्रारम्भिक चरणवाट नै सुरु गर्नुपर्छ भन्ने अवधारणा अनुरूप ‘प्रारम्भिक बालविकास रणनीति २०७७-२०८८’ तयार पारी कार्यान्वयनको चरणमा छ ।

यस रणनीतिमार्फत्‌ गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाहरूलाई प्रारम्भिक बालाविकासको चरणमा राखिएको छ । यी समूहका बालबालिकाको समग्र विकास गर्न विभिन्न मन्त्रालय (शिक्षा, स्वास्थ्य, महिला बालबालिका, खानेपानी तथा सरसफाइ आदि) को सहकार्यमा विभिन्न कार्यक्रम तयार पारी स्थानीय सरकारबाट बजेट विनियोजन गरी कार्यक्रम अघि बढाइएको छ ।

माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकार मातहतमा रहेको हुनाले स्थानीय तहको शैक्षिक सुधार गर्नेगरी रणनीतिमा तय निम्न कार्यक्रम संचालन गर्नुपर्ने देखिन्छः

प्रारम्भिक बालविकास गर्न अभिभावक शिक्षा कार्यक्रम

अभिभावक हुने र भइसकेकाहरूका लागि लक्षित गरी तयार पारिएको कार्यक्रमको लक्ष्य विशेषगरी गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको शारीरिक, बौद्धिक, सामाजिक, सम्वेगात्मक तथा भाषिक सीप विकास गरी बालबालिकाको व्यवहार सुधारमा सहयोग गर्नु हो ।

स्थानीय सरकारले शैक्षिक सुधार निम्ति दीर्घकालीन निकास खोजी सीपमा आधारित संस्कारयुक्त जनशक्ति उत्पादन गर्ने हो भने यस्ता कार्यक्रम संचालन गर्न जरुरी छ

यसअन्तर्गत अभिभावकले आफ्ना नानीहरूको उचित स्याहार, सिकाइमा उत्प्रेरणा, उपयुक्त पोषण, स्वास्थ्य, सुरक्षा, उत्तरदायीपूर्ण व्यवहार जस्ता विषयमा ज्ञान प्राप्त गर्नेछन् । यसले बालबालिकाको समग्र विकासमा सहयोग पुर्‍याई शैक्षिक सुधार गर्न मद्दत मिल्नेछ ।

अभिभावक शिक्षा कार्यक्रम स्थानीय तहमा रहेका शिक्षा शाखा, महिला बालबालिका शाखा, स्वास्थ्य शाखा र बाल विकासमा कार्यरत विभिन्न संस्थासँगको सहकार्यमा संचालन गर्न सकिन्छ ।

घरमा आधारित बालविकास कार्यक्रम

बालबालिकाको विकासका लागि अभिभावकले घर परिवारकै क्रियाकलापमा आधारित भएर गर्न सकिने कार्यक्रम हो । यस कार्यक्रमको उद्धेश्य बालबालिकाको समग्र विकास आधार बलियो बनाउनु हो । यस कार्यक्रममा अभिभावकले घरमा गर्ने क्रियाकलापहरू- खाना पकाउने, पनि थाप्ने, लुगा धुने, नुहाउने, मेला जानेजस्ता कामलाई सिकाइसँग जोडेर बच्चालाई तालिम दिइन्छ ।

यसका साथै टोल-टोलमा २० देखि २५ जना अभिभावकको समूह बनाएर स्थानीय खेल सामग्री प्रयोग गरी बालबालिकालाई सिकाउने क्रियाकलापमा आधारित तालिम संचालन गर्न सकिन्छ र सिकाइ तथा संस्कार विकास गर्न सकिन्छ ।

समुदायमा आधारित दिवा स्याहार केन्द्र

१८ महिनादेखि ३ वर्षका बालबालिकालाई बढीमा १० जनासम्म तालिमप्राप्त आमाहरू राखेर पालैपालो हेरविचार गरिने कार्यक्रम हो ।

मानव पुँजी निर्माण गरी समृद्ध पालिका बनाउन यस्ता कार्यक्रममा गरिएको लगानीले प्रतिफल प्रदान गर्न सहयोग पुर्‍याउँछ । शिक्षा नामको वृक्षको विकास गर्न पात र फलमा होइन, जराबाट मलजल गर्न सुरु गर्नुपर्छ भन्नेतर्फ सरोकारवालाले ध्यान पुर्‍याउनुपर्छ

यसमा आमाहरूले पालैपालो खाना खुवाउने, खेलाउने, कुराकानी गर्ने र शिशु स्याहार केन्द्रमा पठाउनुभन्दा पहिले बालबालिकाका निम्ति आवश्यक सीप प्रदान गरिन्छ ।

शिशु विकास कार्यक्रम

चार वर्ष पूरा नभएका बालबालिकालाई शारीरिक, सामाजिक, बौद्धिक र सम्वेगात्मक विकासका लागि सरकारको तर्फबाट शिशु विकास केन्द्र र निजीको तर्फबाट मन्टेश्वरी नामका कार्यक्रम संचालनमा छन्, यसमा बालबालिकालाई लेखपढमा भन्दा खेलमा जोड दिइन्छ ।

प्रारम्भिक बालविकास शिक्षा कार्यक्रम

४८ महिना पूरा भएका बालबालिकाहरूलाई कक्षा एकमा प्रवेश गर्नुभन्दा पहिले बालबालिकाको पढाइलेखाइ, सीप विकासका साथै सामाजिक व्यवहार र अनुशासनजस्ता कुरा सिकाउने गरिन्छ । यो कार्यक्रम विद्यालय वा समुदायमा आधारित छ ।

विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने संस्कार र सीप सहितको शिक्षाका लागि संघीय सरकारले कार्यक्रम निर्माण गरी स्थानीय सरकारलाई जिम्मा लगाएको छ । यस्ता कार्यक्रममा स्थानीय सरकारको ध्यान गएको पाइँदैन । सुन्दा र हेर्दा सामान्य लाग्ने, तर यो निकै संवेदनशील र महत्वपूर्ण विषय हो ।

स्थानीय सरकारले शैक्षिक सुधार निम्ति दीर्घकालीन निकास खोजी सीपमा आधारित संस्कारयुक्त जनशक्ति उत्पादन गर्ने हो भने यस्ता कार्यक्रम संचालन गर्न जरुरी छ । पालिकाबाट केही बजेट विनियोजन गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको साझेदारीमा यो कार्यक्रम संचालन गर्न सकिन्छ ।

मानव पुँजी निर्माण गरी समृद्ध पालिका बनाउन यस्ता कार्यक्रममा गरिएको लगानीले प्रतिफल प्रदान गर्न सहयोग पुर्‍याउँछ । शिक्षा नामको वृक्षको विकास गर्न पात र फलमा होइन, जराबाट मलजल गर्न सुरु गर्नुपर्छ भन्नेतर्फ सरोकारवालाले ध्यान पुर्‍याउनुपर्छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १ : ४६ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल