विद्यार्थीको समूहबाट सरकारी गाडीमा आगजनी | Khabarhub Khabarhub

विद्यार्थीको समूहबाट सरकारी गाडीमा आगजनी


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरमा विद्यार्थीहरुको एक समूहले सरकारी गाडीमा आगजनी गरेको छ ।

महेन्द्र मोरङ बहुमुखी क्याम्पस अगाडि विद्यार्थीको समूहले को–१ झ ६४४ नम्बरको कोसी प्रदेश योजना आयोगको स्कारपियो गाडीमा आगजनी गरेको हो ।

मोरङको रंगेली नगरपालिकाका नगर रक्षकलाई कुटपिट गरेको आरोपमा शुक्रबार ६ जना विद्यार्थी पक्राउ परेका थिए । पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले गाडीमा आजगजनी गरेका हुन् ।

आगजनीबाट गाडी क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।

उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ पाँच दिन म्याद थप भएको छ । पक्राउ परेका सबै रिहा हुनुपर्ने विद्यार्थीको माग छ ।

गृहमन्त्री रवि लामिछाने विराटनगरमै रहेका बेला आन्दोलनरत विधार्थीको समुहले गाडीमा आगजनी गरेको हो ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १२ : ०३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले