विद्यार्थीको समूहबाट सरकारी गाडीमा आगजनी « Khabarhub

विद्यार्थीको समूहबाट सरकारी गाडीमा आगजनी


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरमा विद्यार्थीहरुको एक समूहले सरकारी गाडीमा आगजनी गरेको छ ।

महेन्द्र मोरङ बहुमुखी क्याम्पस अगाडि विद्यार्थीको समूहले को–१ झ ६४४ नम्बरको कोसी प्रदेश योजना आयोगको स्कारपियो गाडीमा आगजनी गरेको हो ।

मोरङको रंगेली नगरपालिकाका नगर रक्षकलाई कुटपिट गरेको आरोपमा शुक्रबार ६ जना विद्यार्थी पक्राउ परेका थिए । पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले गाडीमा आजगजनी गरेका हुन् ।

आगजनीबाट गाडी क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।

उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ पाँच दिन म्याद थप भएको छ । पक्राउ परेका सबै रिहा हुनुपर्ने विद्यार्थीको माग छ ।

गृहमन्त्री रवि लामिछाने विराटनगरमै रहेका बेला आन्दोलनरत विधार्थीको समुहले गाडीमा आगजनी गरेको हो ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १२ : ०३ बजे

सञ्जय दत्तले भारतबारे के भने- जसले सामाजिक सञ्जालमा मच्चियो हलचल ?

काठमाडौं– भारतीय अभिनेता सञ्जय दत्तको एउटा टेलिभिजन अन्तर्वार्तामा बोलेको कुरा

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले