सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु  « Khabarhub

सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु 


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा सञ्चालन गरिरहेको श्रमाधान रोजगार मेला सुदूरपश्चिम प्रदेशमा आइतबारबाट सुरु भएको छ ।

मेलाको उद्घाटन गदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलता र रोजगारीको लागि अहिले अति  आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे ।

मेलाले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशे ढुंगा साबित हुने उनको भनाई छ ।

निजी क्षेत्र तथा सरकार मातहतका निकायहरूले एउटै थलोमा बसेर रोजगार सम्बन्धी सम्पूर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारीका अनुसार सातै प्रदेशमा बिजनेस इकुमेशन सेन्टर सञ्चालन गरी स्टार्ट अप व्यवसायलाई अघि बढाइने छ ।

‘वैदेशिक रोजगारीबाट फर्केका, पिछडिएका वर्ग अपाङ्गता भएकालाई उद्यमशीलतामा सहभागी गराउने सरकारको लक्ष्य छ,’ मन्त्री भण्डारीले भने ।

मेलाले निरन्तरता पाउने र उद्योग मन्त्रालय पनि श्रम मन्त्रलयसँग समन्वयन गरी आगामी दिनमा अघि बढ्ने धारणा व्यक्त गरे । साथै आन्तरिक पुँजी र उत्पादन वृद्धि गर्न सके रोजगारीका अवसर जुट्ने उनको सुझाव छ ।

उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री टीका थापाले रोजगारीको अवसर जुटाउन मेलाले महत्त्वपूर्ण हुने धारणा राखिन ।

यस्ता रोजगार मेला बर्सेनि आयोजन गर्न आवश्यक रहेको उनको भनाई थियो । युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको अवस्थामा जमिन जग्गाहरू बाझो रहेकाले सरकारले किसानको उचित व्यवस्थापन गरे यहाँ धेरै अवसर पाइने मन्त्री थापाले बताइन् ।

रोजगारीको अवसर कसरी प्राप्त गर्न रोजगारीको खोजीमा रहेका युवाहरूलाई रोजगारबारे कसरी जानकारी लिने भन्ने उद्देश्यका साथ श्रमाधान रोजगार मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

मेलामा १२ वटा सरकारी र २७ निजी क्षेत्रका गरी ३७ वटा स्टलहरू रहेका छन् । यस्तै मेलामा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका,वर्तमान श्रम बजारमा सीप प्रमाणीकरण र पूर्व सिकाई मान्यताको भूमिका,अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा, सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर लगायत सात वटा सामूहिक छलफल तथा कार्यशाला पनि सञ्चालन गरिँदै छ ।

श्रमाधान मेला जेठ  १७ देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भई यही जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा समापन हुनेछ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  १ : ३२ बजे

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र

धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम– धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगका

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

जानकी– लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा

महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दु

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा