नेप्से ४.५९ अंकले घट्यो, कारोबार ५ अर्ब माथि  | Khabarhub Khabarhub

नेप्से ४.५९ अंकले घट्यो, कारोबार ५ अर्ब माथि 


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४.५९ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दु कायम भएको छ ।

आइतबार ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको १ अर्ब ४ लाख ५२ हजार १२८ कित्ता शेयर ६९ हजार २१९ पटक किनबेच भएको छ ।

आइतबार ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार सेन्सेटिभ इन्डेक्स २.१५ अंकले, फ्लोट इन्डेक्स ०.४८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले घटेको छ ।

१३ वटा समूहमध्ये ५ समूहको शेयर मूल्य बढेको छ भने ७ समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको १५५.०९ अंकले बढेको छ भने सबैभन्दा बढी जीवन बीमा ६९.६६ अंकले घटेको छ ।

आज इमर्जिङ नेपाल, शुभम पावर, सिटि होटल, कुथेली बुखारी साना हाईड्रोपार, भगवती जलविद्युत विकास र सामलिग पावर कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ३ : ११ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि