नेप्से ४.५९ अंकले घट्यो, कारोबार ५ अर्ब माथि  « Khabarhub

नेप्से ४.५९ अंकले घट्यो, कारोबार ५ अर्ब माथि 


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४.५९ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दु कायम भएको छ ।

आइतबार ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको १ अर्ब ४ लाख ५२ हजार १२८ कित्ता शेयर ६९ हजार २१९ पटक किनबेच भएको छ ।

आइतबार ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार सेन्सेटिभ इन्डेक्स २.१५ अंकले, फ्लोट इन्डेक्स ०.४८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले घटेको छ ।

१३ वटा समूहमध्ये ५ समूहको शेयर मूल्य बढेको छ भने ७ समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको १५५.०९ अंकले बढेको छ भने सबैभन्दा बढी जीवन बीमा ६९.६६ अंकले घटेको छ ।

आज इमर्जिङ नेपाल, शुभम पावर, सिटि होटल, कुथेली बुखारी साना हाईड्रोपार, भगवती जलविद्युत विकास र सामलिग पावर कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ३ : ११ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६