माधव नेपालको चिन्ता- अध्यादेशबाट हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र हुँदैछ « Khabarhub

माधव नेपालको चिन्ता- अध्यादेशबाट हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र हुँदैछ


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रस्तुत हुने दस्तावेजमा आधारित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यसो भनेका हुन् ।

उनले संसद्को बजेट अधिवेशन सकिएपछि अध्यादेश ल्याएर आफ्नो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्‍याउँदै सांसदहरूलाई जता पनि जान सक्ने गरि षडयन्त्र भएको बताए ।

जसपा फुटाउने षडयन्त्रपछि दोश्रो तारो आफ्नो पार्टीलाई बनाइएको उनले बताए ।

अध्यक्ष नेपालले कम्युनिष्ट भनिएका नै कम्युनिष्टविरोधी भएको यथार्थलाई सबैले बुझ्नुपर्ने धारणा राखे ।

कम्युनिष्ट आन्दोलनहरू विभाजन भयो भनेर विचलित नहुने भन्दै पुनर्गठित गर्दै नयाँ उचाइमा पुर्‍याउने उनले बताए ।

अध्यक्ष नेपालले कम्युनिष्टका र देशभक्तले निरंकुशताविरोधी तथा परिवर्तन चाहने शक्तिलाई गोलबन्ध गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ४ : २७ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा