महानगरविरूद्ध आन्दोलन गर्ने कवाड व्यवसायी संघर्ष समितिको चेतावनी    « Khabarhub

महानगरविरूद्ध आन्दोलन गर्ने कवाड व्यवसायी संघर्ष समितिको चेतावनी   


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवाड व्यवसायी संघर्ष समितिले रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै यसका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले काठमाडौं महानगरका नगर प्रहरीले जवरजस्त शैलीमा आफ्नो व्यवसाय हटाउने काम गरेको बताए ।

उनले आफूहरूको समस्याका बारेमा प्रधानमन्त्री लगायत सबै निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको धारणा राखे ।

उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको उनले बताए ।

उनले महानगरको ज्यादतीविरुद्ध आफूहरू आगामी असार २ गतेदेखि सशक्त संघर्षमा उत्रिन लागेको जानकारी दिए । कवाड व्यवसायी कृष्ण यादवले काठमाडौं महानगरले श्रमिकहरूको सम्मान नगरेको भन्दै अनावश्यक दुःख दिएको बताए ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ५ : २५ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल