रौतहटमा ठूलो परिमाणमा भारतीय कुखुरा चल्ला नष्ट, लाखौँको सामान बरामद « Khabarhub

रौतहटमा ठूलो परिमाणमा भारतीय कुखुरा चल्ला नष्ट, लाखौँको सामान बरामद


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटसँगै मातहतका विभिन्न युनिटहरूले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुरा र चल्ला बरामद गरी नष्ट गर्नुका साथै लाखौँ बराबरको सामान बरामद गरेको छ ।

जेठ महिनाको १ गतेदेखि २६ गतेसम्म जिल्लाको विभिन्न नाका हुँदै तस्करहरूले भारतबाट अवैध रूपमा भित्र्याएको पाँच लाख ४३हजार ९३७ रुपैयाँ बराबरको ३४३ थान कुखुरा र १४ सय चल्ला बरामद गरेको थियो ।

बरामद कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालय तथा विभिन्न युनिटको हाताभित्र खाल्डो खनी पुरेर नष्ट, गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

त्यसैगरी भारतीय बजारबाट भन्सार छली अवैध रूपमा भित्र्याएको एक लाख २९ हजार ४५१ रुपैयाँ बराबरको कपडा , किराना लगायतका सामाग्री बरामद गरी आवश्यक कारबाहीको लागि आज आइतबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले  जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

रौतहट प्रहरी प्रमुखको रूपमा एसपी दिलीप घिमिरेले कमान्ड सम्हाले पछि आपराधिक क्रियाकलापमा कमी आउनुका साथै भारतीय सामानको तस्करी समेत न्यून भएको देखिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ५ : ३३ बजे

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा