थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी, एक जना पक्राउ « Khabarhub

थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी, एक जना पक्राउ


२७ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

चैत्र २९ गते जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा काठमाडौं उपत्यका अनुसन्धान  कार्यालयबाट पक्राउ परी थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी उनको आफन्तसँग मेरो उच्च पदस्थ व्यक्तिहरूसँग नजिकको चिनजान छ, मैले आफै सरकारी वकिल, न्यायाधीश, प्रहरी समेत तल देखि माथिसम्म पैसाले सेटिङ मिलाउँछु भन्दै काठमाडौंको विभिन्न स्थानमा बोलाई नगद २० लाख रुपैयाँ र चेक मार्फत २५ लाख गरी जम्मा ४५ लाख रकम ठगी गरेको आरोपमा सर्लाही घर भई हाल धापाखेल बस्ने  ४५ बर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंह पक्राउ परेका छन् ।

सिंहलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर,
टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ६ : ३४ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी