मोदी क्यबिनेट – उत्तर प्रदेशबाट नौ र बिहारबाट आठजना मन्त्री बन्दै, अन्य राज्यबाट कति ? « Khabarhub

मोदी क्यबिनेट – उत्तर प्रदेशबाट नौ र बिहारबाट आठजना मन्त्री बन्दै, अन्य राज्यबाट कति ?


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- नरेन्द्र मोदी तेस्रो पटक भारतका प्रधानमन्त्री बन्दैछन् । आइतबार साँझ सवा ७ बजे शपथ ग्रहण समारोह हुँदैछ । दिल्लीमा हुने उक्त शपथ ग्रहण समारोहअघि केन्द्रीय मन्त्रिमण्डलका सदस्य बन्नेहरूको सम्भावित सूची आइसकेको छ ।

यस्तोमा दुई ठूला राज्यहरू बिहार र उत्तरप्रदेशबाट सबैभन्दा धेरै मन्त्री हुने भएका छन् । शपथ लिनुअघि मोदीले सम्भावित मन्त्रीहरूसँग पहिलो बैठक गरिसकेका छन् ।

उत्तर प्रदेश

उत्तर प्रदेशबाट हरदीप सिंह पुरी, राजनाथ सिंह, जयन्त चौधरी, जितिन प्रसाद, पंकज चौधरी, बीएल वर्मा, अनुप्रिया पटेल, कमलेश पासवान
र एसपी सिंह बघेल मन्त्री हुने भएका छन् ।

बिहार

बिहारबाट चिराग पासवान, गिरिराज सिंह, जीतन राम माझी, रामनाथ ठाकुर, ललन सिंह, निर्यानन्द राय, राज भूषण र सतीश दुबेको नाम सामेल छ ।

गुजरात

गुजरातबाट अमित शाह, एस जयशंकर, मनसुख मन्डाविया, सीआर पाटिल, निमु बेन बाम्भनिया र जेपी नड्डाको नाम छ ।

ओडिशा

ओडिशाबाट अश्विनी वैष्णव, धर्मेन्द्र प्रधान र जुअल ओरमको नाम आएको छ । उता गोवाबाट श्रीपद नाइकको नाम आएको छ ।

कर्नाटक

कर्नाटकबाट निर्मला सीतारमण, एचडीके, प्रहलाद जोशी, शोभा करंदलाजे र वी सोमन्नाको नाम सामेल छ ।

महाराष्ट्र

महाराष्ट्रबाट पियुष गोयल, नितिन गडकरी, प्रताप राव जाधव, रक्षा खडसे, राम दास अठावले र मुरलीधर मोहोलको नाम छ ।

जम्मू-कश्मीरबाट जितेन्द्र सिंह, मध्य प्रदेशबाट शिवराज सिंह चौहान, ज्योतिरादित्य सिन्धिया, सावित्री ठाकुर र वीरेन्द्र कुमारको नाम पनि छ ।

उता अरुणाचलबाट किरन रिजिजु राजस्थानबाट गजेन्द्र सिंह शेखावत, अर्जुन राम मेघवाल, भूपेन्द्र यादव, भागीरथ चौधरी तथा हरियाणाबाट एमएल खट्टर र राव इन्द्रजीत सिंहको नाम छ ।

केरलबाट सुरेश गोपी, तेलंगानाबाट जी किशन रेड्डी र बन्दी सञ्जयको नाम केन्द्रीय मन्त्रीका रुपमा सामेल छ ।

तमिलनाडुबाट एल मुरुगन, झारखण्डबाट आजसु सांसद चन्द्रशेखर चौधरी र अन्नपूर्णा देवीको नाम पनि छ । आन्ध्र प्रदेशबाट डा. चन्द्रशेखर पेम्मासानी, राम मोहन नायडु किङ्जरापु र श्रीनिवास वर्माको नाम आएको छ ।

पश्चिम बंगालबाट शान्तनु ठाकुर र सुकान्त मजुमदार, पञ्जाबबाट रवनीत सिंह बिट्टटु, असमबाट सर्बान‍न्द सोनोवाल र पवित्रा मार्गेरिटाको नाम आएको छ । उता उत्तराखण्डबाट अजय टम्टाको नाम आउँदा भाजपाले क्लिन स्वीप गरेको दिल्लीबाट हर्ष मल्होत्रा र छत्तीसगढबाट तोखन साहुको ना मन्त्रीका रुपमा आएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ७ : २२ बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको