इरानमा राष्ट्रपतीय निर्वाचनका लागि ६ जना उम्मेदवार योग्य ठहर « Khabarhub

इरानमा राष्ट्रपतीय निर्वाचनका लागि ६ जना उम्मेदवार योग्य ठहर


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले आगामी जुन २८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि कन्जरभेटिभ पार्टीका छ जना उम्मेदवारलाई अनुमोदन गरेको छ ।

आगामी जुन २८ मा हुन लागेको निर्वाचनले मे १९ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका अति परम्परावादी राष्ट्रपति इब्राहिम राइसीको स्थान लिनेछ ।

गृह मन्त्रालयले योग्य ठहर भएको घोषणा गरेका उम्मेदवार राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका ८० जना आकाङ्क्षीमध्येबाट इरानको निर्वाचनसम्बन्धी काम हेर्ने ‘गार्जियन काउन्सिल’बाट उम्मेदवारी अनुमोदन भएका व्यक्ति हुन् ।

उम्मेदवारका आकाङ्क्षीमध्ये सुधारवादी खेमाबाट एक जनालाई मात्र राष्ट्रपतीय निर्वाचनका लागि योग्य ठहर गरिएको छ । निर्वाचनका लागि पूर्व राष्ट्रपति महमुद अहमदीनेजादलाई अनुमोदन गरिएको छैन ।

अनुमोदन हुनेमा सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्वआणविक वार्ताकार सइद जलिली रहेका छन् ।इरानको संसदमा तब्रिजबाट प्रतिनिधित्व गर्ने सांसद मसूद पेजेशकियानलाई पनि अनुमोदन गरिएको छ ।

उनले सन् २०२२ को सेप्टेम्बरमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा सरकारको पारदर्शिताको अभावको विरोध गरेका थिए ।

कन्जरभेटिभ पार्टीका पूर्वगृहमन्त्री मुस्तफा पोरमोहम्मदीलाई पनि चुनाव लड्ने अनुमति दिइएको छ ।यो सूचीमा तेहरानका कन्जरभेटिभ मेयर अलिरेजा जकानी र शहीद फाउन्डेसनका प्रमुख तथा वर्तमान उपराष्ट्रपति अमिरहुसेन गाजिजादेह–हासेमी पनि रहेका छन् ।

इरानमा सुधारवादी समूहको मुख्य गठबन्धनले कम्तीमा आफ्नो एक उम्मेदवारलाई प्रतिस्पर्धा गर्न ‘गार्जियन काउन्सिल’बाट स्वीकृति दिइएमा मात्र यस महिनाको राष्ट्रपतीय निर्वाचनमा आफूहरूले भाग लिने बताएको छ ।

सुधारवादी पत्रिका इतेमादले सुधारवादी मोर्चाका प्रवक्ता जवाद इमामलाई उद्धृत गर्दै लेखेको छ, “यदि सुधारवादीहरूले आफ्नो उम्मेदवार छ भने चुनावमा भाग लिन्छन्, अन्यथा, सहभागिताको अपेक्षा गर्नु हुँदैन ।”

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ७ : ३९ बजे

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न

अरनिको राजमार्ग स्तरोन्नति : ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो: रातभर अवरुद्ध सडक खुल्यो

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक आज