बस्तीमा बाढी पसेपछि स्थानीयको अवस्था नाजुक | Khabarhub Khabarhub

बस्तीमा बाढी पसेपछि स्थानीयको अवस्था नाजुक


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कैलाली– लगातारको वर्षापछि आएको बाढीले कैलालीको भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन् ।

विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका ३१३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएको विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए ।

‘विस्थापितहरूले खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘‘पालिकाले एक हजार आठ सय बोतल पानी वितरण गरेको छ ।’

बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पुर्‍याएकाे छ । भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताए । जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले बताए ।

‘भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन’, उनले भने, ‘खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ । मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन् ।’

नगरप्रमुख चौधरी पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै विपदमा नागरिकका हितमा काम गर्नुपर्ने बताए । भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन् ।

बर्खाको समयमा माथिबाट वर्षा भइरहेको, तल लामखुट्टे, कीरा फट्याङ्ग्राको जोखिम रहेकाले सडकमा बसेकाहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमलाले बताए ।

यस्तै लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको वडा नं ६ बढी प्रभावित भएको छ । वडा नं ६ का बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो । त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ ।

टीकापुरमा बाढीले १७४ परिवार विस्थापित भएका छन् । टीकापुरमा भगवानपुरका २०, प्रेनीका ५०, नारायणपुरका नौ, मिलनपुरका ३५, भर्तापुरका ४५, सुन्दरपुरका १२ र बाघमाराका तीन परिवार विस्थापित भएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए ।

टीकापुरको वडा नं ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

वडा नं ४ मा सिँचाइ आयोजनाले बनाएको इन्टेक साँघुरो बनाएकाले कहिल्यै बाढी नपसेको बाघमारामा पनि डुबान भएको वडाध्यक्ष लालवीर चौधरीले बताए ।

डुबान भएका बेला धेरै सडक काटेर पानी निकास गरेकाले बिग्रिएका सडक मर्मत तत्काल गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ । सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ८ : ३४ बजे

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध