पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

लमजुङ– निरन्तरको वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ ।

सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिरोले सडक अवरुद्ध बनाउँदै आएको छ  । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : १८ बजे

छठ पर्वले बजारमा केराको माग बढ्यो

धनुषा– छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा

जंगली जनावरको आक्रमणबाट एकको मृत्यु

राँझा– राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोल निवासी इन्द्रबहादुर खत्रीको जङ्गली

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

काठमाडौं– मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न

गौशालामा पुरुषको शव फेला

मटिहानी– गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको