बाढीबाट ज्यान गुमाएकाहरूका परिवारलाई क्षतिपूर्तिको व्यवस्था होस् : एनपी साउद « Khabarhub

बाढीबाट ज्यान गुमाएकाहरूका परिवारलाई क्षतिपूर्तिको व्यवस्था होस् : एनपी साउद


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले गृहजिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाहरूका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेसँग समय माग्दै उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ-संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढी पुर्‍याएको विपदलाई छोड्न नसकिने बताए । 

‘कञ्चनपुरमा बाढीले ठूलो सङ्ख्यामा जीवन र धन दुवैको क्षति भएको छ । आवश्यक राहतको केन्द्र सरकारले प्रबन्ध गर्न र उद्धारका कामहरूलाई अगाडि बढाउन, दिवंगतका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, विस्थापितहरूलाई तत्काल पुनर्स्थापनाको काममा पनि केन्द्र सरकारले ध्यानदिन आवश्यक छ,’ साउदले भने, ‘स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै यत्रो ठूलो विपद्लाई छाड्न सकिन्न । यतातिर सरकारको ध्यान जाओस् ।’ 

साउदले पटक–पटक सरकारलाई बाढीको पूर्व तयारी गर्न, बाढी नियन्त्रणको काममा  सजग रहन आग्रह गरिए पनि सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको पनि बताए ।    

‘पटक–पटक सरकारलाई बाढीको पूर्व तयारी गर्नुपर्छ भन्दै आएका छौँ । बाढी नियन्त्रणको काममा सरकार सजग रहनुपर्छ भन्दै आएका छौँ,’ उनले भने, ‘तर अहिलेसम्म सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको छ ।’ 

पूर्व परराष्ट्रमन्त्री साउदले बाढी–पहिरोबाट देशभर ८० जनाको मृत्यु भइसकेको पनि संसदलाई जानकारी गराए । 

‘बाढीपहिरोबाट देशभरी ८० को जीवन समाप्त भइसकेको अवस्था छ । कञ्चनपुरमा भीषण बाढी रेकर्डको रुपमा रहिआएको छ,’ उनले भने, ‘कञ्चनपुरको पुनर्वास नगरपालिका– ५ रातोखाली खोलामा लक्ष्मी बोगटी सिर्जना बोगटी र आरती बोगटीको देहवसान भएको छ । कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिना छोरा सोनु धानुकको पनि निधन भएको छ । बेलडाँडी गाउँपालिका–३ बैबाहका २३ डम्बर चौधरी बेपत्ता अवस्थामा हुनुहुन्छ । दोधारा–चाँदनी नगरपालिकामा भर्खरै एउटा महिलाको शव फेला परेको खबर आएको छ । पहिचान भइसकेको छैन ।’

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : १८ बजे

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका