ओलीलाई दाहालको प्रश्न : प्रचण्डसँग कसरी मिल्नु भयो, अहिले किन सहकार्य तोडियो ? « Khabarhub

ओलीलाई दाहालको प्रश्न : प्रचण्डसँग कसरी मिल्नु भयो, अहिले किन सहकार्य तोडियो ?

बेचन झाबारे बालकोट र बूढानीलकण्ठलाई थाहा भएको जिकिर


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीसँगको सहकार्य तोडेकोबारेमा प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै दाहालले एमाले अध्यक्ष ओलीले माओवादीसँग के कारण सहकार्य गरेको र के कारणले भत्काएको ? जवाफ दिनुपर्ने बताएका हुन् ।

‘केही दिनदेखि सदनमा एउटै विषयमा छलफल चलिरहेको छ । मूलभूत रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचमा भएको ७ बुँदे सहमति बदनियतपूर्ण छ। त्यसले पैदा गरेको राजनीतिक तरंगले सदनलाई पनि तानेको छ’, उनले भने, ‘हामी सबैलाई थाहा छ चार महिनाअगाडि कमरेड ओलीकै पटक पटकको प्रस्तावमा कम्युनिष्टहरू मिल्ने कुरा भयो, उहाँको प्रस्ताव प्रचण्डले पनि स्वीकार्नुभयो, विश्वास गर्नुभयो । त्यो विश्वासको जगमा सरकारको सहकार्य हुनुपर्छ भन्नुभयो, त्यहीअनुसार अघि बढ्यौँ । तर, अहिले सहकार्य तोड्नुभयो । मैले ओलीलाई प्रश्न गर्नैपर्छ–तपाईंले कुन उद्देश्यले सहकार्य तोड्नुभयो ?’

सांसद दाहालले सरकारले सुशासनको कामलाई निरन्तरता दिएको पनि बताए । तर, एमालेले के कारणले सत्ता सहकार्य तोडेको जवाफ दिनुपर्ने उनको जिकिर छ ।

दाहालले नक्कली शरणार्थी प्रकरणमा विचौलियको भूमिका खेलेर हाल जेलमा रहेका बेचन झा को हुन भनेर बालकोट र बूढानीलकण्ठ दुवैलाई राम्रोसँग थाहा भएको टिप्पणीसमेत गरे ।

‘बेचन झा को हुन ? हामीलाई थाहा छैन । नेपाली जनतालाई थाहा छैन । तर, उनीबारे बालकोट र बूढानीलकण्ठलाई राम्रोसँग थाहा छ’, उनले भने, ‘बेचन झाको गिरफ्तारीपछि उनको बयान असार २८ गतेसम्म नलिनु, पछि लिनु भनेर आदेश जारी भएको कुरा सुन्नमा आएको छ ।’

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ४४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी