विभिन्न ठाउँमा डुबानमा परेकाहरूको सुरक्षित स्थानमा स्थानान्तरण « Khabarhub

विभिन्न ठाउँमा डुबानमा परेकाहरूको सुरक्षित स्थानमा स्थानान्तरण


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा डुबानमा परेकाहरूको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।  

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका-८ गोईसारमा वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी जोखिम रहेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण  गरिएको छ । 

साथै सो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोलीले बाँध बाँध्ने कार्य गरिरहेको छ । 

त्यसैगरी सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरको सुकुम्बासी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढि डुबानमा परेका १६ घरपरिवारलाई सुरक्षा वेश फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ । 

यसैगरी झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित सुगाँबथानमा माई खोलामा पानीको बहाव बढि डुबानमा परेका १० घरपरिवारलाई बीओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदिमा पानी बहाव बढि नदिको बीच भागमा अड्किएका ५ जनाको सुरक्षा बेश कल्याणपुर र सुरक्षा सुरक्षा वेश दुवरकोटको टोलीले सकुशल उद्धार गरेको हो । 

यसैगरी काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडक खण्डमा वर्षाको कारण अवरुद्ध सडक सशस्त्र प्रहरीले असार २५ गते सुचारु गरेको छ ।    

सडक खण्डमा पर्ने खहरे ठाडो खोल्सामा आएको बाढीले एकतर्फी सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौजले दुवैतर्फ बाटो सुचारु गरेको हो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ४९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले