धारा ७६ को उपधारा ३ अनुसार नै नयाँ सरकार बन्छ : महिन्द्र राय यादव « Khabarhub

धारा ७६ को उपधारा ३ अनुसार नै नयाँ सरकार बन्छ : महिन्द्र राय यादव


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले प्रतिपक्षका सांसदहरूलाई असार २८ गतेसम्म पर्खिन आग्रह गर्दै नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्ने दाबी गरेका हुन् ।

उनले भने- ‘संसद्मा विश्वासको मत लिनु स्वभाविक रुपमा वैधानिक प्रक्रिया हो । विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसार अर्को सरकार बन्छ । त्यसकारण मैले प्रतिपक्षका साथीहरूलाई आग्रह गर्न चाहन्छु–२८ गतेसम्म धैर्यता राखिदिनु।’

साथै सांसद यादवले दुई ठूला दल मिलेर संविधान संशोधनको कुरा उठाएको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा लान खोजे मान्य नहुने बताए । 

उनले संविधानमा रहेको थ्रेस होल्ड हटाउन खोजिएको आशंका गर्दै संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी व्यवस्थामा दायाँबायाँ नगर्न चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : १४ बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने