धारा ७६ को उपधारा ३ अनुसार नै नयाँ सरकार बन्छ : महिन्द्र राय यादव | Khabarhub Khabarhub

धारा ७६ को उपधारा ३ अनुसार नै नयाँ सरकार बन्छ : महिन्द्र राय यादव


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले प्रतिपक्षका सांसदहरूलाई असार २८ गतेसम्म पर्खिन आग्रह गर्दै नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्ने दाबी गरेका हुन् ।

उनले भने- ‘संसद्मा विश्वासको मत लिनु स्वभाविक रुपमा वैधानिक प्रक्रिया हो । विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसार अर्को सरकार बन्छ । त्यसकारण मैले प्रतिपक्षका साथीहरूलाई आग्रह गर्न चाहन्छु–२८ गतेसम्म धैर्यता राखिदिनु।’

साथै सांसद यादवले दुई ठूला दल मिलेर संविधान संशोधनको कुरा उठाएको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा लान खोजे मान्य नहुने बताए । 

उनले संविधानमा रहेको थ्रेस होल्ड हटाउन खोजिएको आशंका गर्दै संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी व्यवस्थामा दायाँबायाँ नगर्न चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : १४ बजे

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर

उज्यालो नेपाल पार्टीमा आफ्नो नाम राखेको भन्दै प्रधानको आपत्ति

काठमडौँ- ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा