'बेचन झा पक्राउ पर्ने बित्तिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले बुझिसके' | Khabarhub Khabarhub

‘बेचन झा पक्राउ पर्ने बित्तिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले बुझिसके’


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं रास्वपाका सांसद हरि ढकालले प्रमुख दलहरूकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र मुलुकमा आर्थिक समस्या देखिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले मुलुकको परिवर्तनमा प्रमुख दलहरूको भूमिका महत्वपूर्ण रहेपनि तीन दशकमा प्रमुख दलहरूकै कारण मुलुक पटक पटक समस्यामा परेको बताएका हुन् ।

उनले कांग्रेस–एमालेबीचको सहमति सार्वजनिक नभएको अवस्थामा उक्त सम्झौतामा अब बन्ने सरकार पनि तीन दशकको निरन्तरता भएको जिकिर गरे ।

सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा बेचन झा पक्राउ पर्ने बितिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले राम्रैसँग बुझेको उनको भनाइ छ ।

उनले सरकार परिवर्तन हुँदा पनि राजनीतिक संस्कार र इमानदारी कार्यकालभरि कायम राख्ने भन्दै तीन दशकमा मुलुकलाई अप्ठेरोमा पार्नेहरुले राजनीतिक संस्कार नसिकाउन सुझाव दिए । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ५१ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी