फिल्म ‘धुरंधर’मा सँगै देखिएलान् त सञ्जय र रणवीर ? « Khabarhub

फिल्म ‘धुरंधर’मा सँगै देखिएलान् त सञ्जय र रणवीर ?


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बक्स अफिसमा ब्लकबस्टर सावित भएको फिल्म ‘उरी’का निर्देशक आदित्य धर नयाँ प्रोजेक्टको तयारीमा छन् । 

धरको नयाँ फिल्म ‘धुरंधर’मा नायक सञ्जय दत्त काम गर्ने पक्का भएको छ । यो वर्षको अन्त्यमा छायांकनमा निस्कने योजनामा निर्माण टिम पुगिसकेको छ । 

यो फिल्म मुम्बईको अन्डरवर्ल्ड डनको कथामा आधारित रहेको छ । जसमा सञ्जयको प्रमुख मध्येको एक भूमिका रहने बताइएको छ । उनले खलपात्र भूमिका निर्वाह गर्ने चर्चा बाहिरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

यस फिल्मको केन्द्रीय पात्रका लागि रणवीर सिंहलाई धरले प्रस्ताव गरेका छन् । उनी सकारात्मक भए पनि अनुबन्ध भने भइनसकेको चर्चा छ । 

उनीसँगै अर्जुन रामपाल र माधवनलाई यस फिल्मका लागि प्रस्ताव गरिएको छ । यो फिल्मलाई मल्टिस्टारर प्रोजेक्टका रुपमा निर्माण गर्ने सोचमा धर रहेका छन् । हाल यो फिल्मको प्रि-पोडक्सनको काम भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : २४ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात