कालिकास्थान-पुडिटार-लामेआहाल सडक शिलान्यास « Khabarhub

कालिकास्थान-पुडिटार-लामेआहाल सडक शिलान्यास


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

गण्डकीकोत्रे–बिरौटा सडक खण्डअन्तर्गत कालिकास्थान–पुडिटार–लामेआहाल सडक शिलान्यास गरिएको छ ।

पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा आज कालिकास्थानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको शिलान्यास गरे ।

विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको १२.४४ किमी लममे सडकको लागत अनुमान एक अर्ब आठ करोड ४८ लाख ९१ हजार तीन सय २६ रहेकामा रु ७७ करोड ६८ लाख ९२ हजार ८३७ मा आशिष निर्माण सेवा प्रालिसँग यही असार ६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको हो । 

ठेक्का सम्झौताको मितिबाट तीन सय ९० दिनमा काम सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो सडक आयोजना महानगरको गौरवको आयोजना भएको बताउँदै महानगरभित्र २८ अर्बभन्दा बढीका विभिन्न आयोजना सञ्चालन भइरहेको बताए । 

सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले पोखराको विकासलाई पूर्वाधार विकास सरकारको पहिलो प्राथमिकतामा भएको बताए । 

पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले समयमा नै काम सम्पन्न गर्न सम्बद्ध सबैको साथ र सहयोग आवश्यक भएको बताए । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ४ : ४२ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।