गोली लागेको दुई महिनापछि काममा फर्किए प्रधानमन्त्री रोबर्ट « Khabarhub

गोली लागेको दुई महिनापछि काममा फर्किए प्रधानमन्त्री रोबर्ट


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको करिब दुई महिनापछि काममा फर्किएको बताएका छन् । 

मध्य स्लोभाकियामा एक सरकारी बैठकपछि ५९ वर्षीय फिकोमाथि नजिकैबाट गोली हानिएको थियो । उनको एक अस्पतालमा दुई वटा लामो शल्यक्रिया गरिएको थियो । 

स्लोभाक मिडियाले बन्दुकधारीको पहिचान ७१ वर्षीय कवि जुराज सिन्तुलाका रूपमा गरेको थियो र उनीमाथि आतंकवादको आरोपमा मुद्दा चलाइएको छ । उनी मुद्दाको प्रतीक्षामा हिरासतमा छन् ।

फिकोले आफ्नो मध्यमार्गी एसएमइआर–एसडी पार्टी, मध्यमार्गी हलास र ५४ लाख जनताको युरोपेली संघ (इयु) तथा नाटो सदस्यहरूको शासन गर्ने अति दक्षिणपन्थी एनएनएससहितको तीन पक्षीय गठनबन्धनको नेतृत्व गर्छन् । 

प्राय हङ्गेरीका समकक्षी भिक्टर ओर्बनका साथ इयुद्वारा आलोचना गरिने राष्ट्रवादी झुकाव भएका फिको पत्रकारहरूबाट बच्नका लागि एउटा सुरुङमार्फत मंगलबारको मन्त्रिपरिषद् बैठकमा सहभागी भएको स्लोभाक मिडियाले बताएका छन् ।

गत शरद ऋतुमा फिकोले पदभार ग्रहण गरेपछि सन् २०२२ देखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई सैन्य सहायता जारी राख्न स्लोभाकियाले अस्वीकार गरेको थियो ।

फिकोको मन्त्रिपरिषद्ले न्यायिक र मिडिया स्वतन्त्रतालाई खतरामा पार्ने विधेयकहरूलाई अनुमोदन गरेर अचम्मित पारेको छ । 

मे ३१ मा फिकोलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो र गत शुक्रबार ब्रातिस्लाभा नजिकै एक समारोहमा उनी पहिलोपटक सार्वजनिकरूपमा देखा परेका थिए । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : ५५ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण