मुक्तकमलरीद्वारा सामूहिक धानखेती « Khabarhub

मुक्तकमलरीद्वारा सामूहिक धानखेती


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङमा मुक्तकमलरीले सामूहिकरुपमा तिल्की धानखेती सुरु गरेका छन् । लोपोन्मुख तिल्की धान जोगाउन उनीहरुले सामूहिकरुपमै खेती सुरु गरेका हुन् । मुक्तकमलरीले सहकारीमार्फत सामूहिक खेती गरेका छन् । 

स्थानीय गन्यारी कृषि सहकारी संस्थामार्फत यस वर्ष एक बिघा १५ कट्ठामा धानखेती गरिएको अध्यक्ष लक्ष्मी चौधरीले बताए ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको सहयोगमा तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा उक्त धानखेती गरिएको हो । केन्द्रका अध्यक्ष रावतका अनुसार प्राङ्गारिक खेती हराउँदै गएकाले यसलाई संरक्षण गर्न खेती गरिएको हो । 

तिल्की, सिम्ठारोजस्ता धान स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । तिल्की धानको चामल मिठो हुने र गर्मी खप्न सक्ने धानको रुपमा गाउँघरमा चिनिन्छ । यो जातको धान विगतमा दाङका स्थानीयबासीले लगाउने गर्थे । पछिल्लो समय हाइब्रिड धान कृषकको रोजाइमा परेपछि यो धान लोप हुने अवस्थामा पुगेको छ ।

त्यस्तै रैथाने सिमठारो जातको धान पनि रोप्ने तयारी रहेको अध्यक्ष रावतले बताए। सबै खालका खेतीमा प्राङ्गारिक मल प्रयोग गर्ने गरेको केन्द्रका अध्यक्ष रावतले बताए । घोराहीको बेलुवामा पनि १३ कट्ठामा मुक्तकमलरीले सामूहिक धानखेती गरेका छन् । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : १५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको