नक्कली ड्राइभिङ लाइसेन्स : उपसचिवसहित १५ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा | Khabarhub Khabarhub

नक्कली ड्राइभिङ लाइसेन्स : उपसचिवसहित १५ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली लाइसेन्स प्रकरणमा यातायाता व्यवस्था कार्यालय बुटवलका प्रमुख एवम् उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अर्यालसहित १५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। उनीहरू सबैविरुद्धको मुद्दाको फाइल मंगलबार काठमाडौं जिल्ला अदालतमा पुगेको छ ।

अर्यालसहित यातायात व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदमराज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण श्रेष्ठ र यातायात व्यवस्था कार्यालय कास्कीका कम्युटर अपरेटर विनोद भण्डारीलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ ।

उनीहरूले विभिन्न मितिमा यातायात व्यवस्था विभागको विद्युतीय प्रणालीमा सवारी चालक अनुमति पत्रसम्बन्धी कुनै प्रक्रिया सुरु नगरेको, लिखित तथा ट्रायल परीक्षामा सहभागी नभएका, ढड्डा तथा साविकको पुरानो डीएल प्रणालीमा अभिलेख नरहेकालाई पास गराएको आरोप पत्रमा लेखिएको छ ।

उनीहरूकै संलग्नतामा शक्तिबहादुर खत्री, हर्षबहादुर सिञ्जालीलगायतको विवरण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा प्रवृष्ठ नगरी नक्कली विवरण प्रणालीमा इन्ट्री गर्दा नवीकरण गर्न मिल्ने गरी मिति र विवरण इन्ट्री गरी बायोमेट्रिक गराई नक्कली सवारी चालक अनुमति पत्र दिएको आरोप पनि लागेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ३२ बजे

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु