यस्ता थिए क्यान महानिर्देशक अधिकारीलाई गत वर्ष सोधिएका ९ प्रश्न « Khabarhub

उड्ययनमा लापरवाही

यस्ता थिए क्यान महानिर्देशक अधिकारीलाई गत वर्ष सोधिएका ९ प्रश्न

प्रचण्डबाट ‘माफी’ पाए, सांसद्‌ले फेरि प्रश्न उठाए


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तर हवाई दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरण (क्यान) को नेतृत्व क्षमतामाथि यतिखेर गम्भीर प्रश्न उठेको छ । महानिर्देशक प्रदीप अधिकारीमाथि संसदीय समितिमै गम्भीर प्रश्न उठिसकेको छ ।

सांसद्‌हरूले महानिर्देशक अधिकारीलाई निलम्बन नै गरेर लगातारका हवाई दुर्घटनाबारे छानबिन गरिनुपर्ने माग राखेका छन्‌ । तर, महानिर्देशक अधिकारीले संसदीय समिति र नागरिक तहबाट उठाइएका प्रश्नको उत्तर नै दिन चाहिरहेका छैनन्‌ ।

त्यसो त अधिकारीलाई एक वर्षअघि २०८० असार ११ गते विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ९ बूँदे स्पष्टीकरण सोधेको थियो । पर्यटनमन्त्री किरातीले अधिकारीलाई मन्त्रिस्तरीय निर्णय गरी स्पष्टीकरण सोधेका थिए ।

कानूनतः मन्त्रालयमा बुझाउनुपर्ने स्पष्टीकरण अधिकारीले सीधै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउँदै उनकी छोरीहरूमार्फत सम्बन्ध विस्तार गरेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले अधिकारीलाई नहटाउन मन्त्री किरातीलाई ठाडो निर्देशन नै दिएपछि सो प्रकरण सेलाएको थियो ।

अधिकारीले यूरोपेली कमीशनको उडान सुरक्षा सूची (कालोसूची) मा हटाउने प्रतिबद्धतासाथ  २०७८ माघ १७ गते क्यानको जिम्मेवारी सम्हालेका थिए । तर, उनको कार्यकालमा हवाई दुर्घटना लगातार भइरहँदा र नागरिक उड्ययनमा चरम लापरवाही देखिँदा निरन्तर आलोचित छन्‌ ।

एक महिना (साउन) मै लगातार दुईवटा हवाई दुर्घटना भई २३ जनाको ज्यान गएपछि अधिकारीको नेतृत्व क्षमतामाथि पुनः प्रश्न उठेको छ । तर, एक वर्षअघि सोधिएको स्पष्टीकरणबाट जोगिन नै घुमाउरो बाटो समातेका अधिकारीले पछिल्ला दुर्घटनाबारे संसदीय समितिमा ठोस जवाफ दिइरहेका छैनन् ।

साउन ९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पेरिमिटरमै सौर्य एअरलाइन्सको जहाज दुर्घटना भई १८ जनाको ज्यान गएलगत्तै ११ गते बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा अधिकारीले छानबिन समिति गठन भएकाले आफू नबोल्ने भन्दै पन्छिएका थिए ।

साउन २३ गते (अस्ति) नुवाकोटको सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाले ज्यान गुमाएपछि अधिकारीलाई बिहीबार पुनः समितिले बैठकमा बोलाएको थियो ।  अधिकारीले कुहिरोमा हेलिकप्टर छिराएर पाइलटले गल्ती गरेको बताउँदै आफूलाई कतैबाट दबाब आउन नहुने जवाफ दिए ।

तर, संसदीय समिति र प्रतिनिधि सभा बैठकमै अधिकारीलाई क्यान महानिर्देशकबाट हटाउन सांसद्‌हरूले माग गरिरहेका छन्‌ । पछिल्लो समितिको बैठकमा त सत्तारुढ दलकै थप सांसद्‌हरूले पनि अधिकारीलाई बर्खास्त गर्नुपर्ने बताए ।

अधिकारीलाई शेरबहादुर देउवा नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०७८ माघ १७ गते क्यान महानिर्देशकमा नियुक्त गरेको थियो । क्यान नेपालको हवाई उड्ययन क्षेत्रको नियामक निकाय हो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले ‘प्रलोभनमा परी’ अधिकारीलाई क्यान महानिर्देशक बनाएको आरोप लागेको थियो ।

त्यतिखेर ११औं तहका कर्मचारी रहेका अधिकारीले १२औं तहका तीन जना माथ गर्दै क्यान महानिर्देशक बनेका थिए । अधिकारी क्यान महानिर्देशक बनेयता साढे दुई वर्षभित्र नेपाली आकाश थप असुरक्षित भएको छ । ८ वटा हवाई दुर्घटनामा दर्जनौं यात्रुले ज्यान गुमाइसकेका छन् ।

यसै सन्दर्भमा गत वर्ष मन्त्रालयले अधिकारीलाई सोधेको ९ बूँदे स्पष्टीकरणमा के थियो, पढौं-

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ११ : १० बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण