मानव उपयोगी वृक्षरोपण गर्न मुख्यमन्त्री कँडेलको आग्रह « Khabarhub

मानव उपयोगी वृक्षरोपण गर्न मुख्यमन्त्री कँडेलको आग्रह


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपण गर्न आग्रह गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा उनले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले वृक्षरोपण गर्दा ध्यान दिनुपर्छ भने।

‘वनस्पति, फलफूल र औषधिजन्य गुण भएका बिरुवा लगाऔँ जुन मानव स्वास्थ्यका लागि लाभदायक होस्’ उनले भने, ‘पर्यावरणीय सुन्दरताका साथै स्वस्थ वातावरण दिगो विकासमा सहयोग पुर्याउँछ ।’

उनले प्रदेश सरकारले ‘मानव स्वस्थ प्रणालीका लागि हरित कर्णाली’ निर्माणका अभियानलाई अगाडि बढाएकोले यसमा सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताए। जलवायु परिवर्तनको असरलाई कम गर्न र वन, वातावरण र वन्यजन्तु संरक्षणका लागि पनि वृक्षरोपण अभियानलाई अनिवार्य शर्तका रुपमा लिइएको छ । 

सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक तेजबिक्रम बस्नेतले स्याउ, अनार, आँप, अम्बा, कागती, लिची, एभोकाडो, अङ्गुर, अशोक, रूख कटहर, बरपिपल, रुद्राक्ष, बाँस, अम्लिसोसहित १६ प्रकारका बिरुवा लगाइएको जानकारी दिए।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै