अस्पतालमा बिरामीको लाइन अन्त्य गराउन प्रधानमन्त्री चासो « Khabarhub

अस्पतालमा बिरामीको लाइन अन्त्य गराउन प्रधानमन्त्री चासो


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिएका छन् ।

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई बिनालाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोधेका हुन् ।

प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे ।

‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।

बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।

स्वास्थ्य बीमालाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन पनि उनले आग्रह गरेका छन् ।

छलफलमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, मुख्यसचिव, सम्बन्धित सचिवहरुलगायत सहभागी थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : ४९ बजे

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमै

पर्वत– पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको

सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गर्ने कुलमानको निर्णय

काठमाडौं – सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ

एमालेलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो : पोखरेल

काठमाडौं – नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज

तोरी फुलेर पहेँलै कावासोती र देवचुली (तस्बिरहरू)

नवलपरासी– नवलपरासी (सुस्तापूर्व) को कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा